काठमाडौं । अल्फा अटोमोटिभ्स्ले रोयल इनफिल्डको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गर्दै मोटरसाइकलमा मूल्य घटाएको हो ।
केही समय अगाडि मात्रै अल्फा अटोमोटिभ्स् रोयल इनफिल्डको आधिकारिक विक्रेतामा नियुक्त भएको थियो ।
कम्पनीले केही दिनअघि सार्वजनिक गरेको मूल्यसूचीलाई परिमार्जन गर्दै नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । अल्फा अटोमोटिभ्सले क्लासीक ३५० मा ६० हजार रुपैयाँसम्मले मूल्य घटाएको छ ।
अल्फा अटोमोटिभ्स्ले सार्वजनिक गरेको यसअघिको मूल्यसूची अनुसार क्लासीक ३५० का सबै भेरियन्टको मूल्य ७ लाख रुपैयाँ रहेको थियो भने हालको मूल्यसूची अनुसार क्लासिक ३५० ब्ल्याकको मूल्य ६ लाख ४० हजार रुपैयाँ र अन्य ४ भेरियन्टको मूल्य ६ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको छ । जसमा ब्याटल ग्रिन, रेडडिच रेड, एस, एस र गनमेटल ग्रेको मूल्य ६ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको हो ।
त्यस्तै कम्पनीले मेटिअर फायरवेल भेरियन्टमा ४० हजार रुपैयाँ, मेटीअर स्टेलर भेरियन्टमा ४५ हजार रुपैयाँ र मेटीअर सुपरनोभा भेरियन्टमा ६५ हजार रुपैयाँ मूल्य कटौती गरेको हो ।
नयाँ मूल्यसूची अनुसार फायरवेल भेरियन्टको मूल्य ८ लाख ३० हजार, स्टेलको मूल्य ८ लाख ५० हजार रुपैयाँ र फायरवेल भेरियन्टको मूल्य ८ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

