काठमाडौं । टाटा मोटर्सले आफ्नो सबै नेक्सन ईभीको सफ्वयर अपग्रेड गर्ने भएको छ । कम्पनीले नयाँ प्राइम भेरियन्टसँगै नयाँ सफ्टवयर पनि तयार गरेको हो ।
कम्पनीले अहिले बजारमा गुडीरहेका नेक्सनमा समेत सफ्टवयर अपग्रेड गर्ने कम्पनीले जनाएको छ । त्यसको लागि टाटाले जुलाई २५ बाट भारतमा रहेका नेक्सन इभीको सफ्टवयर अपग्रेडको काम सुरु गर्ने जनाएको छ ।
नेपालमा पनि ७ सय यूनिटभन्दा माथि नेक्सन ईभी विक्री भइसकेको छ । यस्तोमा यहाँ रहेका ग्राहकलाई पनि सिप्रदी ट्रेडिङ सफ्टवयर अपग्रेड गराउने छ । तर, कुन मितिबाट भन्ने एकिन भएको छैन ।
टाटा मोटर्सले नेक्सन ईभीको नयाँ भेरियन्ट भारतमा सार्वजनिक गरेसँगै नेक्सन ईभी रेगुलर, डार्क, प्राइम र म्याक्स भेरियन्ट पुगेको छ । कम्पनीले ल्याएको ‘प्राइम’ भेरियन्टमा फिचरहरु थप भएको छ ।
नेक्सन प्राइममा मल्टी मोड रिजेनेरेशन सिस्टम, क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टीभीटी, इन डाइरेक्ट टायर प्रेसर मोनिटरिङ सिस्टम, रिजेनेरेशनको समयमा अटोमेटीक ब्रेक ल्याम्प बल्ने जस्ता फिचर थपिएको हो ।
टाटा नेक्सन प्राइम भेरियन्टमा रेगुलर मोडल जस्तै ३०.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री उपलब्ध छ । यसको ब्याट्री पानी र धुलो प्रुफ रहेको छ ।


