काठमाडौं । सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले तीन नयाँ मोडल नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले पछिल्ला दिनमा भारतमा विक्री सुरु भएका तीन नयाँ मोडल नेपाल ल्याउने तयारी थालेको हो ।
मारुती सुजुकीले भारतमा उत्पादन गरेको प्रिमियम ह्याचव्याक बलेनो, चर्चित सब फोर मिटर एसयूभी ब्रेजा र केही दिनअघि मात्रै सार्वजनिक भएको ग्रान्ड भिटारा नेपाल ल्याउने तयारी सुरु गरेको हो ।
‘हामीले बलेनो र ब्रेजाको नयाँ जेनेरेशन मोडल नाडा अटो शोमा नै ल्याउने योजना बनाएका थियौं । सरकारले आयात प्रतिबन्ध लम्ब्याउँदा अटो शो नै स्थगित भयो । अब केही दिनअघि भारतमा सार्वजनिक भएको ग्राण्ड भिटारा पनि नेपाल ल्याउने तयारी थालेका छौं’, सिजी मोटोकर्प स्रोतले मेरोअटोसँग भन्यो ।
सिजीले सन् २०२१ मा सर्वाधिक विक्री गरेको ब्रेजाको नयाँ जेनेरेशन मोडलमा थुप्रै नयाँ र आधुनिक फिचर थपिएर आउन लागेको हो । नयाँ जेनेरेशन ब्रेजामा सनरुफ, ३६० डिग्री क्यामेरा, हेडअप डिस्प्ले, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, नयाँ इन्ट्रुमेन्ट क्लष्टर, नयाँ सिट, नयाँ अलोय ह्वील, क्रुज कन्ट्रोल, नयाँ फ्रन्ट ग्रिल जस्ता फिचर यसमा पाउन सकिन्छ ।

ब्रेजामा जस्तै लगभग समान फिचर बलेनोमा पनि थप भएर आएको छ । यी दुबै गाडीमा इन्जिन भने पुरानै उपलब्ध छन् ।
मारुती सुजुकीको ‘ग्राण्ड भिटारा’ मोडल भने पूर्णत नयाँ हो । भारतमा टोयोटा र मारुती सुजुकी मिलेर यसको उत्पादन गरेका हुन् । त्यसैले टोयोटाले प्रयोग गर्ने प्योर हाइब्रिड इन्जिन यसमा पाउन सकिन्छ ।
ग्राण्ड भिटाराले यही सेग्मेन्टमा उपलब्ध हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागेन टाइगुन, स्कोडा कुशक, निसान किक्स, एमजी एस्टर र टोयोटा अर्बान क्रुजर हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ । ४.३ मिटर लामो ग्राण्ड भिटारा अलह्वील ड्राइभ अप्सनमा पनि उपलब्ध हुनेछ ।
ग्राण्ड भिटारामा १.५ लिटर फोर सिलिण्डर, के१५सी डिउलजेट पेट्रोल र १.५ लिटर सिन्क्रोनास एसी मोटरसहितको हाइब्रिड इन्जिनमा उपलब्ध छ । रेगुलर इन्जिनले १०२ हर्सपावर र हाइब्रिड इन्जिनले ११४ हर्सपावर प्रदान गर्छ । यसको हाइब्रिड इन्जिन निकै किफायती रहेको छ । यसले प्रतिलिटर २७.९७ किलोमिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ ।

सुरक्षा फिचरमा विशेष ध्यान दिएर बनाइएको ग्राण्ड भिटारामा ६ वटा एयरव्याग, इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।
मारुती सुजुकीले ग्राण्ड भिटारामा आफ्नो कारहरु मध्ये पहिलो पटक पानारोमीक सनरुफ पनि दिएको छ । भिटारामा ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्ट्रुमेन्टर क्लस्टर पाउन
ग्राण्ड भिटारामा अलह्वील ड्राइभ फिचरका साथै अटो, स्नो, स्पोर्टसका साथै लक टेरेन मोड समेत छ । ड्राइभ कम्फर्टका लागि इभी, इको, पावर र नर्मल गरी चारवटा ड्राइभ मोड पाउन सकिन्छ ।

