काठमाडौं । नेपालको लागि फोटोन मोटर्सको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकल प्रालिले छिट्टै कार्गो र यात्रु बोक्ने इलेक्ट्रीक भ्यान ल्याउने भएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै इलेक्ट्रीक भ्यान आउन लागेको जानकारी दिएको हो ।
एमएडब्लू वृद्धिले विद्युतीय गाडीमा उपभोक्ताको चासो र प्रयोग बढ्न थालेकोले आफुहरु इलेक्ट्रीक भ्यान ल्याउन लागेको जनाएको छ । कम्पनीले ल्याउने भ्यान वातावरण र जनस्वास्थ्य दुवैका लागि फाइदाजनक रहेको कम्पनीको भनाई छ ।
विद्युतीय गाडी विजुलीबाट चल्ने हुँदा पेट्रोल खपत नहुने र वातावरणमा समेत राम्रो प्रभाव पर्ने भएको कारण कम्पनीले चीनबाट विद्युतीय भ्यान आयात गर्न लागेको जनाएको छ ।
कम्पनीले ल्याउने भ्यानमा १०० किलोवाट क्षमताको मोटर जडान भएको छ भने सिंगल चार्जमा २५० किलोमिटरसम्म चलाउन सकिने जनाइएको छ ।

