नेपालमा पनि सकियो ‘इकोस्पोर्ट’ युग

काठमाडौं । नेपालीहरुलाई एसयूभी कल्चरमा अभ्यस्त बनाएको फोर्डको चर्चित मोडल इकोस्पोर्ट सधैंको लागि बन्द भएको छ ।
फोर्ड मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता जिओ फोर्डले आफ्नो वेभ साइटबाट इकोस्पोर्टलाई हटाएसँगै औपचारिक रुपमा यसको विक्री वितरण बन्द भएको हो ।

सन् २०१३ देखि नेपाली बजारमा उपलब्ध इकोस्पोर्ट आफ्नो करियरको ९ वर्षमा सधै अब्बल सावित भएको थियो । भारतमा तिब्र गतिमा यूटिलीटी भेहिकल उत्पादनमा अन्य ब्राण्डलाई घिसारेको फोर्ड इकोस्पोर्ट अन्तत आफैँ बन्द हुन पुग्यो ।

सुरुमा १.० लिटर टर्बो इन्जिन र १.५ लिटर पेट्रोल तथा डिजेल दुबै इन्जिनमा उपलब्ध इकोस्पोर्ट किन्न लामो वेटिङ पिरियडमा बस्नु पर्ने अवस्था थियो । नेपाली बजारमा सेल्स र त्यसपछि दिने सेवामा पनि नयाँ बेन्चमार्क कायम गरेको फोर्ड भारतीय बजारमा टिक्न नसक्दा नेपालमा सफल भएरपनि विक्री बन्द हुन पुग्यो ।

जिओ फोर्डले अहिले थाइल्याण्डबाट आयात गरेको एभरेष्ट र रेन्जर तथा भारतबाट आएको स्टकमा रहेको फ्रिस्टाइल मात्रै उपलब्ध गराउँदै आएको छ ।


Back_to_top