काठमाडौं । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले नेपालमा चीन, थाइल्याण्ड र भारतमा उत्पादन भएका मोटरसाइकल विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले सिआरएफ ३०० मोडल थाइल्याण्ड र एक्सआर १५० एल तथा १९० एल चीनबाट आयात गरेर विक्री गर्दै आएको छ । यी बाहेक अन्य मोडल भारतबाट आयात गर्दै आएको हो ।
स्याकार ट्रेडिङले मोटरसाइकल र स्कुटर गरेर १५ मोडलका २२ भेरियन्ट विक्री वितरण गर्दै आएको छ । कम्पनीले साउन ९ गते प्रकाशित गरेको नयाँ मूल्यसूची अनुसार १९ लाख ५० हजारसम्मका मोटरसाइकल विक्री गर्दै आएको छ ।
होन्डाले एभिएटर, डिओ, एक्टीभा र ग्राजिया स्कुटर विक्री गर्दै आएको छ । स्कुटर बाहेक विभिन्न ११ मोडलका मोटरसाइकल उपलब्ध रहेका छन् । होन्डाले विक्री गर्ने सबैभन्दा कम मूल्यको मोटरसाइकल सिडी १०० हो । यसको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ छ ।
त्यसैगरी सबैभन्दा महंगो मोडल थाइल्याण्डमा बनेको सिआरएफ मोडल हो । यसको मूल्य १९ लाख ५० हजार हजार रुपैयाँ रहेको छ ।


