काठमाडौं । जापानी ब्राण्ड होन्डाले भारतमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले पाँच दिनपछि अगस्ट ८ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।
होन्डाले नयाँ मोटरसाइकलको विज्ञापन ‘एफ’ शब्दबाट गर्ने भएको छ । एफको अर्थ कम्पनीले फियर्स डिजाइन, फास्ट एक्सलरेसन, फ्यूरीयस स्ट्यान्स, फाइटर एटिच्यूड र फियरलेस पर्फमेन्स भनेको छ ।
यो बाहेक कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपि फाइटर एटिच्यूडको साथमा फास्ट पर्फमेन्स भनेको कारण नयाँ मोटरसाइकल स्ट्रीट फाइटर हुने अनुमान लगाउन सकिन्छ ।
होन्डाले सिबी ३५० सिरिज भारतमा नै उत्पादन गर्दै आएको छ । त्यसले नयाँ आउने मोडल पनि त्यही हाराहारी कै इन्जिनमा रहने अनुमान गर्न सकिन्छ । तर, कम्पनीले यसमा रहने इन्जिन, फिचर लगायतका विषयमा कुनै जानकारी दिएको छैन । त्यसको लागि भने अगस्ट ८ तारिखसम्म कुर्नु पर्ने हुन्छ ।


