यामाहाले चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्यलाई मोटरसाइकल किन्दा छुट दिइने

काठमाडौं । याहामाको आधिकारीक वितरक एमएडब्लू इन्टरप्राइजेजले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा आवद्ध सदस्यहरुको लागि छुट दिने भएको छ । कम्पनीले संघसँग ब्यापार प्रवद्र्धन तथा दुई पक्षीय बृहत्तर हित गर्ने भन्दै सम्झौंता गरेका हुन् ।

सम्झौंतामा हस्ताक्षरपछि यामाहा नेपालका सीईओ राजु क्षेत्रीले दुबै पक्षलाई व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले आगामी दिनमा थप अन्य संस्थासँग पनि सम्झौंता गर्न लागेको जानकारी दिए ।

‘यो सम्झौंतापछि यामाहाका मोटरसाइकल र स्कुटर किन्न चाहने चार्टर्ड एकाउन्टेन्ट्स संघका सदस्यहरुलाई सहूलियत मूल्य र सुविधाजनक किस्ता बन्दीमा उपलब्ध गराउने छौं’, सीईओ क्षेत्रीले भने ।


Back_to_top