काठमाडौं । नेपालको लागि यामाहाको आधिकारी वितरक मोरङ्ग अटो वर्कले अल न्यू एफजेडएस एफआई नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त बाइकमा दुबै पाङ्ग्रामा डिस्क ब्रेक दिइएको छ ।
१४९ सीसी क्षमताको एयर कुल्ड इन्जिन दिइएको यस बाइक फियुल इन्जेक्टेड प्रविधि युक्त बाइक हो । यसमा दिइएको इन्जिनले ८००० आरपीएममा १३ वीएचपी पावर र ६००० आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ ।
टप स्पीड १०७ किलोमिटर प्रतिघन्टाको रफ्तारमा दौडनसक्ने योबाइकमा ५ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
१४८ केजी वेट भएको यो बाइक युवा माझ निकै चर्चित रहेको छ । रेगुलर एफजेड एस एफआईको तुलनामा यो बाइकमा एउटा मात्रै कलर अप्सन उपलब्ध रहेको छ भने दुबै चक्कामा डिस्क ब्रेक रहेको छ ।
एक लिटर पेट्रोलले ५३ किलोमिटर माइलेज दिने उक्त बाइकमा १२ लिटर क्षमताको पेट्रोल ट्याङकी दिइएको छ ।
रेगुलर एफजेडएस एफआईलाई नेपाली बजारमा २ लाख ७४ हजार ९०० मा बिक्री वितरण गरिरहेको कम्पनीले डबल डिस्कलाई ९ हजार बढी मूल्य थप गरेर बिक्री गरिरहेको छ । कम्पनीले उक्त बाइकको मूल्य २ लाख ८५ हजार ९०० तोकेको छ ।


