काठमाडौं । महिन्द्राले भोलि अगस्ट १५ को दिन एकैपटक पाँचवटा ब्याट्री इलेक्ट्रीक भेहिकलको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । महिन्द्राको बर्न इलेक्ट्रीक प्रोजेक्ट अन्तर्गत आउन लागेको नयाँ इलेक्ट्रीक एसयूभीको नाम सार्वजनिक भएको हो ।
मिडियाले प्रकाशित गरेको ट्रेडमार्क दर्ताको विवरण अनुसार महिन्द्राको आगामी ईभीको नाम एक्सयूभी ई१ देखि ई९ सम्महुने जानकारी बाहिर आएको हो । प्राप्त लिस्ट अनुसार ई फोर भने लिस्ट छैन । महिन्द्राले ५ वटा इलेक्ट्रीक एसयूभी देखाउने बताएता पनि ८ वटा मोडलको नाम बाहिर आएकाले केही थप सरप्राइज हुन सक्ने अनुमान गरिएको छ ।
महिन्द्राले इलेक्ट्रीक सेग्मेन्टमा पनि एक्सयूभी नामलाई नै निरन्तरता दिएको छ । महिन्द्राले भारतीय र अन्तर्राष्ट्रिय बजारलाई दृष्टीगत गर्दै यी इलेक्ट्रीक एसयूभीहरु सार्वजनिक गर्न लागेको हो । यी इलेक्ट्रीक एसयूभीको सिरिज भोलि एक कार्यक्रमका बीच महिन्द्रा एड्भान्स डिजाइन यूरोप कार्यालय वेस्ट मिडल्याण्ड यूकेबाट सार्वजनिक गर्ने भएको हो । यो डिजाइन सेन्टरको हेड पहिलाका टाटा मोटर्सका डिजाइन चिफ प्रताप बोस हुन् ।
फिचरहरु
टिजरहरुमा देखाइए अनुसार महिन्द्राको नयाँ ईभीको नर्मल मोडमा ८० किलोमिटर प्रतिघण्टाको स्पीड हुनेछ । थप स्पीड प्राप्त गर्नका लागि यसमा स्पोर्टस मोड समेत रहने छ । महिन्द्राका नयाँ यी ईभीको अर्को विशेषता हाइपर चार्जिङ हो । यसको सहयोगमा छोटो समयमै ब्याट्री रिचार्ज गर्न सकिन्छ ।
युजर एक्सपिरीयन्सका लागि यो कारमा रिक्लाइनीङ सिट, प्रत्येक प्यासेन्जर छुट्टै एसी, एड्भान्स कनेक्टीभीटी फिचर, एम्बीयन्ट क्यावीन कलर, लेटर सिट, ठूलो साइजको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ जस्ता विशेषत रहने छन् ।
सुरक्षाका लागि यी एसयूभीमा साइड र कर्टन एयरव्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, ३६० डिग्री सराउण्ड भ्यू मनिटर, व्लाइन्ड भ्यू मोनिटर, एडप्टीभ क्रुज कन्ट्रोल, ड्राइभर डोजिनेस डिटेक्सन, इलेक्ट्रीक स्मार्ट डोर ह्याण्डल पाउन सकिने छ ।


