काठमाडौं । विश्वमै चर्चित लुब्रिकेन्ट ब्रान्ड ‘डकहम्स’ नेपाली बजारमा पुनः सार्वजनिक गर्ने तयारी भइरहेको छ । आइकोनिक ब्रिटिश लुब्रिकेन्ट ब्रान्ड डकहम्सलाई ओटेक ट्रेड प्रालिले नेपाल ल्याउन लागेको हो ।
सन् १८९९ मा अलेक्जेंडर डकहम्सले सुरु गरेको ब्रण्डले एक शताब्दीभन्दा लामो इतिहासमा उड्डयन क्षेत्रमा अग्रगामी इन्जिनियरिङ विकासहरू, भू–गतिको रेकर्ड तोड्ने, र प्रतिष्ठित मोटर स्पोर्टमा अलग पहिचान बनाएको छ ।
डकहम्स नेपालमा पुनः आएको विषयमा ओटेक ट्रेड प्रालिका कार्यकारी निर्देशक बिन्यास न्यौपाने भन्छन्, ‘नेपालमा सवारीसाधनको माग बढ्दै गइरहेको र साधनलाई चुस्त राख्न उत्कृष्ट लुब्रिकेन्ट चाहिन्छ । बजारको मागलाइ ध्यानमा राखी कम्पनीले डकहम्स लुब्रिकेन्ट नेपाल ल्याएको हो ।’
डकहम्स १२३ बर्ष पुरानो ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड हो । जुन लुब्रिकेन्ट क्षेत्रमा थुप्रै प्राविधिक विकास र अनुषन्धानको लागि परिचित छ । नेपाली बजारमा डकहम्स मेकानिक र सवारी साधन प्रेमीहरूद्वारा राम्रोसँग चिनिने ब्रान्ड हो । बढ्दो बजार र विश्वस्तरीय लुब्रिकेन्ट ब्राण्डको ग्राहकको मागले नेपाललाई डकहम्स लुब्रिकेन्ट इन्टरनेशनलले प्राथमिक बजारको रुपमा समावेश गरेको कम्पनीले जनाएको छ ।


