काठमाडौं । न्यू इनर्जी भेहिकलको बढ्दो मागसँगै अटोमोवाइल कम्पनीलहरु नयाँ नयाँ टेक्नलोजीको विकास र विस्तारमा अगाडि बढिरहेका छन् । न्यू इनर्जी भेहिकलको रुपमा ब्याट्री इलेक्ट्रीक भेहिकलको विश्वमानै उच्च माग रहेको छ ।
विश्वभरका सरकार र गाडी निर्माता कम्पनी पेट्रोलियम पदार्थको प्रयोग अन्त्य गर्न चाहन्छन् । यही क्रममा जापानी अटोमोवाइल जायन्ट टोयोटा र जर्मन लग्जरी कार निर्माता बीएमडब्लूले हाइड्रोजन फ्यूलसेलमा मिलेर काम गर्ने भएका छन् ।
सम्झौंता अनुसार दुई कम्पनी मिलेर उत्पादन गर्ने पहिलो फ्यूलसेल कार सन् २०२५ सम्म बजारमा आइसक्ने जनाइएको छ ।
जापनीज अटोमोवाइल कम्पनी टोयोटाले सन् १९९० को दशकमै हाइड्रोजन फ्यूउलसेल प्रविधिको विकास गरेको थियो । बीएमडब्लूले पनि यसअघि नै म्यूनिख मोटर शोमा आईएक्स फाइभ हाइड्रोजन कन्सेप्ट कार देखाएको थियो ।
बीएमडब्लूले ठूला साइजका एसयूभीमा फ्यूलसेल टेक्नलोजी प्रयोग गर्ने जनाएको छ । ब्याट्री इलेक्ट्रीक भेहिकलको दाँजोमा लामो रेन्ज र रि-फिलिङ समय एकदमै कम हुने भएकोले यसको प्रयोग बढ्ने अपेक्षा गरिएको छ ।
यसका साथै फ्यूलसेल कारको ड्राइभिङ रेन्जलाई वाहिरी वातावरणीय तापक्रमले कुनै प्रभाव पार्दैन जुन ईभीमा फरक पार्छ ।

