५ तस्विरमा हेर्नुहोस् महिन्द्रा ‘एक्सयूभी ई९’

काठमाडौं । महिन्द्राले सन् २०२५, अप्रिलमा बजारमा ल्याउने घोषणा गरेको इलेक्ट्रीक मोडल ‘एक्सयूभी ई९’ कुप्पे डिजाइनका कारण चर्चामा आएको छ । कम्पनीले आकर्षक डिजाइनमा ई९ तयार पारेको भन्दै संसारभर चर्चा भइरहेको हो ।

निकै चासोका साथ हेरिएको महिन्द्राको यो कुप्पे मोडलको डिजाइन निकै लोभलाग्दो छ । महिन्द्राले हिजो सार्वजनिक गरेको एक्सयूभी ई९ मोडलको लम्बाई ५७९० एमएम, चौडाई १९०५ एमएम र उचाई १६९० एमएम रहेको छ ।

महिन्द्राले आफ्नो नयाँ मोडुलर इलेक्ट्रीक स्केटबोर्ड प्लेटफर्ममा बनाउने यो एसयूभी ५ सिट क्षमताको हुनेछ । एक्सयूभी एरो कन्सेप्टबाट प्रेरित एसयूभीमा एलइडी लाइटको भरपुर प्रयोग गरिको छ । बम्परमा राखिएको हेडल्याम्प, पूर्णत छोपिएको फ्रन्ट ग्रिल, आकर्षक पछाडिको भागको कारण झट्ट हेर्दानै यसको डिजाइनले जो कोहीलाई लोभ्याउँछ ।

महिन्द्राले अगस्ट १५ तारिखमा विभिन्न ५ मोडलको कन्सेप्ट सार्वजनिक गरेको हो । सार्वजनिक भएको कन्सेप्ट कारहरु कम्पनीले सन् २०२६ सम्ममा बजारमा ल्याइसक्ने जनाएको छ ।


Back_to_top