काठमाडौं । फुल चार्जमा १२० किलोमिटर गुडाउन सकिने नयाँ इलेक्ट्रीक मोटरसाइकल नेपाल आएको छ । ह्वाइट लोटस कम्पनी प्रालिले नेपाल ल्याएको वान इलेक्ट्रीक ब्राण्डको क्रिडन मोटरसाइकल हो ।
भारतीय इलेक्ट्रीक मोटरसाइकल निर्माता कम्पनी वानले उत्पादन गरेको क्रिडन इलेक्ट्रीक मोटरसाइकल निकै आकर्षक डिजाइनमा तयार भएको छ । विद्युतीय सवारीसाधनको लोकप्रियता बढी रहेको समयमा नेपाल आएको मोटरसाइकलको मूल्य ३ लाख ५० हजार रुपैयाँ तोकेर विक्री सुरु गर्न लागेको हो ।

वान इलेक्ट्रीकले उत्पादन गरेको क्रिडन मोटरसाइकलमा पीकपवार ५ किलोवाट क्षमताको मोटर छ । यो भनेको ७ पीएस पावर बराबर हो । यसको टप स्पीड क्षमता प्रतिघन्टा ९५ किलोमिटर रहेको छ ।
क्रिडन मोटरसाइकलमा ३ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । जसले एक पटकको फुल चार्जमा १२० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो ब्याट्रीलाई एक पटक फुलचार्ज गर्न ५ घन्टा समय लाग्छ । यसमा तीन राइड मोड उपलब्ध रहेको छ ।

क्रिडन मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक र हाइड्रोलिक सस्पेन्सन दिइएको छ । यसमा ट्यूवलेस टायर, डिजिटल क्लस्टर, राउन्ड सेप हेडल्याम्प, डबल डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।




