टीभीएसको नयाँ शोरुम स्याङजाको वद्खोलामा

काठमाडौं । टीभीएसले आफ्नो शाखा विस्तारलाई निरन्तरता दिदै स्याङजाको वद्खोलामा पूर्ण सुविधासहितको नयाँ शोरुम संचालनमा ल्याएको छ । जगदम्बा मोटर्सले ग्राहकहरुलाई टीभीएस मोटरसाइकल तथा स्कूटरको विक्री, सेवा र स्पेयर पाट्र्स सहज रुपमा उपलब्ध गराउन नयाँ शोरुम संचालनमा ल्याइएको हो ।

नयाँ शोरुम सुरु गर्दै बतास इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष राजेश शर्माले भने, ‘टीभीएस ग्राहकहरूलाई अझ राम्रो सेवा प्रदान गर्न सधैं प्रयासरत रहेको र त्यसलाई पुरा गर्न नयाँ शोरुम संचालनमा ल्याएका हौं ।’

कार्यक्रम स्याङका जिल्लाका प्रमूख जिल्ला अधिकारी राजु पौडेलको प्रमूख आतिथ्यतामा संचालन भएको थियो । त्यसक्रममा स्याङजा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजिव वहादुर वस्नेत, प्रहरी उपरिक्षक रविन्द्र खनाल, ससस्त्र प्रहरी नायव उपरिक्षक राजेशलाल श्रेष्ठ, पुतली बजार नगरपालिका वडा र्न ३ र ४ का वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

जगदम्बा मोटर्सको नेपालभर १३२ भन्दा बढी डिलरहरूको बलियो संजाल निर्माण भएको छ । यी नेटवर्कबाट कम्पनीले टीभीएसका उत्पादन विक्री गर्ने र विक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।


Back_to_top