काठमाडौं । टोयोटाले आफ्नो पहिलो इलेक्ट्रीक क्रसओभर BZX4 को मूल्य ४२ हजारदेखि ४९ हजार अमेरिकी डलरसम्म तोकेर अहिले परिक्षणकालीन विक्री गर्दै आएको छ । टोयोटाको पहिलो इलेक्ट्रीक क्रसओभर नेपाल पनि आउन सक्ने देखिएको छ ।
जापानी बजारमा विक्री भइरहेको BZX4 राइट ह्याण्ड ड्राइभ सिस्टममा सुरुदेखि नै बनिरहेको कारण सन् २०२३ को सुरुवातदेखि नै यो मोडल नेपाल आउन सक्नेछ । यसको विषयमा टोयोटाको आधिकारीक विक्रेता यूनाइटेड ट्रेडर्स सिडिकेट प्रालिले भने कुनै जानकारी दिएको छैन ।
अन्तर्राट्रिय बजारमा रहेको मूल्य र बीचमा आउने खर्च तथा नेपाल सरकारले लगाएको करका दरलाई जोडेर हिसाव गर्दा टोयोटा BZX4 को मूल्य १ करोड ३५ लाख रुपैयाँ हाराहारी पर्ने देखिन्छ । यसको टप भेरियन्टको मूल्य १ करोड ६० लाखसम्म पर्न सक्ने देखिन्छ । हामीले हिसाव गरेको गाडीमा सिंगल १५० किलोवाट क्षमताको मोटर जडान भएको भेरियन्ट हो ।
टोयोटाले इ–टिएनजीए प्लेटर्फममा तयार गरेको हो । टोयोटाले BZX4 लाई मिड साइज क्रसओभर एसयूभीको रुपमा बजारमा ल्याएको छ । चालकको सहजताको लागि टोयोटाले यसमा ‘ड्राइभर असिस्ट टेक्नोलोजी’ दिएको छ । यसमा रहेको ब्याट्रीलाई फुल चार्ज गर्दा ३५५ देखि ४०५ किलोमिटरसम्म रेन्ज दिने इपीएले प्रमाणित गरेको छ ।
टोयोटा BZX4 को फ्रन्ट भिजीबीटी एकदमै राम्रो छ । यसको ह्वीलवेस २८५० एमएमको छ । जसको कारण यो कारमा कम्फर्टेवल फ्रन्ट सिट तथा रियरमा ६ फिटको यात्रुका लागि पनि प्रसस्त लेगरुम रहेको छ ।
यसको इन्ट्रुमेन्ट क्लष्टर फ्ल्याट ड्यासबोर्डमा हाइसिट गरेर दिइएको छ । यसले चालकलाई एकदमै सजिलो हुन्छ । यसको बीचमा स्ट्याण्डर्ड १२.३ इन्चको टचस्कृन इन्फोटेम्मेन्ट सिस्टम रहेको छ । उक्त स्कृनको मुनीपट्टी टचसेन्सेटीभ बार रहेको छ । यसको सहायताले हिटीङ, भेन्टीलेसन, एयरकन्डीसन फङ्सन कन्ट्रोल गर्न सकिन्छ ।
टोयोटाले BZX4 टु ह्वील र फोर ह्वील दुबै ड्राइभ अप्सनमा रहेको छ । यसको फ्रन्ट ह्वील ड्राइभमा प्यानासोनीकको ७१.४ किलोवाट आवरको व्याट्री प्याक रहेको छ भने अलह्वील ड्राइभ भर्सनमा क्याटलको ७२.८ किलोवाट आवरको व्याट्री प्याक रहेको छ । यो कारको फ्रन्ट ह्वील ड्राइभको २०१ हर्सपावर रहेका छ भने अलह्विल ड्राइभको पावर २१४ हर्सपावरको रहेको छ ।
स्ट्याण्डर्ड रुपमा १८ इन्चको ह्वील रहेको यो कारको टपट्रीममा २० इन्चको अलोय ह्वील रहेको छ । सबै ट्रिममा प्यानारोमीक फिक्स्ड सनरुफ तथा जेबीएलको अडियो सिस्टम रहेको छ । यो कारको अलह्वील ड्राइभ अप्सनमा स्नो/डर्ट, डीप/स्नो मड, ग्रिप एण्ड कन्ट्रोल आदि मोड रहने छ ।

