रेनोको नेपालमा ५ वर्षः स्टाइल र मूल्यले क्वीड बन्यो सफल मोडल

काठमाडौं । फेन्च कार निर्माता रेनोको उत्पादनले नेपालमा ५ वर्ष पुरा गरेको छ । व्यवसायीक घराना विशाल ग्रुप र मुरारका अर्गनाइजेशनको संयुक्त लगानीमा रेनो नेपाल ल्याइएको हो ।

एड्भान्स अटोमोवाइल प्रालिले नेपाल ल्याएको रेनो सन् २०१७ मा नेपाल आएको हो । नेपाल आएको छोटो समयमा नै सफलताको स्वाद चाखेको रेनो क्वीड र डस्टर मोडलको कारण धेरैको रोजाईमा पर्न सफल भएको थियो ।

सुरुवाती दिनमा डस्टरको कारण धेरै चर्चामा रहेको रेनोलाई निरन्तर सफलताको सिढी चढाउने काम भने क्वीड ह्याचव्याकले गरेको हो ।

रेनो क्वीड कम मूल्य, उच्च ग्राउन्ड क्लीयरेन्स, आकर्षक डिजाइन, उत्कृष्ट माइलेज र सेग्मेन्टमै धेरै फिचर भएको कार हो । यसलाई धेरैले मिनि एसयूभी पनि भन्ने गर्छन् ।

सन् २०१७ देखि अहिलेसम्म वार्षिक औषत ३ सय हाराहारी यूनिट विक्री हुँदै आएको रेनो क्वीड कम संचालन र सर्भिसिङ खर्चको कारण पनि धेरै मानिसका लागि ‘भ्यालु फर मानी’ कार बन्न सफल भएको छ ।

एसयूभीबाट प्रेरित भएर तयार गरिएको क्वीडमा दिइएको इन्फोटेन्ट सिस्टम र डिजिटल इन्ट्रुमेन्ट क्लष्टरले सेग्मेन्टमा रहेका अन्य मोडललाई माथ दिदै आएको थियो । नयाँ क्लाइम्बरमा पनि यसलाई परिमार्जन सहित निरन्तरता दिइएको छ ।

यस्तो छ रेनो क्वीड

रेनो क्वीड अहिले पनि पहिलो जेनेरेशनको फेसलिफ्ट मोडलको रुपमा बजारमा विक्री हुँदै आएको छ । फ्रेन्च कार निर्माताले सन् २०१५ बाट भारतमा उत्पादन थालेको थियो ।

कम्पनीले अहिले विक्री गर्दै आएको क्वीड फेसलिफ्टमा नयाँ स्प्लीट हेडल्याम्प र फगल्याम्प सहित एलइडी डे टाइम रनिङ लाइटसमेत दिएको छ । क्वीडमा १४ इन्चको ह्वील, पछाडि गाइड लाइट एलइडी लाइटसमेत दिएको छ ।

नयाँ क्वीडमा कम्पनीले ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, लेदरले मोरिएको नयाँ स्टेरिङ ह्वील, टेकोमिटर सहितको नयाँ इन्ट्रुमेन्ट क्लष्टरले पाउन सकिन्छ ।

पूर्णत नयाँ डिजाइनको ड्यासबोर्ड, दुई एयरब्याग, २७९ लिटरको बुट स्पेश, इबीडीसहितको एबीएस, रिभाइज पार्किङ सेन्सर, स्पीड वार्निङ सिस्टम, सिटबेल्ट रिमाइन्डर जस्ता फिचर यसमा उपलब्ध रहेको छ । रिमोर्ट सेन्ट्रल लकिङ, पावर विन्डो, पावर स्टेरिङ जस्ता फिचरले क्वीडलाई उत्कृष्ट बनाएको छ ।

नेपालमा विक्री हुने क्वीडको विभिन्न तीन भेरियन्ट आरएक्सटी (ओ), क्लाइम्बर र आरएक्सटी (ओ) एएमटीमा समान १.० लिटर, थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ६८ बीएच पावर प्रदान गर्ने छ ।

भेरियन्ट र मूल्य

एड्भान्स अटोमोवाइलले यसलाई कम्पनीले विभिन्न ३ भेरियन्टमा विक्री वितरण गर्दै आएको छ । जसमा क्वीड आरएक्सटी (अप्सनल) म्यानुयल भेरियन्टको मूल्य २६ लाख ७९ हजार तोकेर विक्री गर्दै आएको छ ।

त्यस्तै क्वीड क्लाइम्बरको मूल्य २७ लाख ८९ हजार र आरएक्सटी (अप्सनल) अटोमेटीकको २८ लाख ४९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top