काठमाडौं । भेष्पा तथा अप्रिलियाका स्कुटरको नयाँ मूल्यसूची सार्वजनिक भएको छ । नयाँ मूल्यसूचीका अनुसार भेष्पा तथा अप्रिलिया स्कुटरको मूल्य वृद्धि भएको हो ।
भेष्पा तथा अप्रिलियका स्कुटरको नेपालका लागि आधिकाकिर विक्रेता कम्पनी एमभी दुगड ग्रुपले नयाँ मूल्यसूची जारी गर्दै मूल्य वृद्धि गरेको हो । कम्पनीले ७ हजार ५०० रुपैयाँसम्मले मूल्य वृद्धि गरेको छ । जस अनुसार कम्पनीले १२५ सीसी सेग्मेन्टका सबै स्कुटहरुमा ६ हजार रुपैयाँले मूल्य वृद्धि गर्दा १५० सीसी र १६० सीसी सेग्मेन्टमा ७ हजार ५०० रुपैयाँले वृद्धि गरेको हो ।
कम्पनीले नेपालमा विक्री गर्ने एक मात्र १६० सीसी स्कुटर अप्रिलिया एसएक्सआर १६० को मूल्य ४ लाख ५४ हजार ४०० रुपैयाँ पुगेको छ । यसअघि यसको मूल्य ४ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
यस्तो छ नयाँ मूल्यसूची



