मारुती सुजुकीको ४० वर्षः ईभीको लागि ब्याट्री र गाडी उत्पादन गर्ने प्लान्ट बन्दै

काठमाडौं । भारतीय नागरिकलाई कार चढ्न सिकाएको मारुती सुजुकीले उत्पादन सुरु गरेको ४० वर्ष पुरा भएको छ । उत्पादनको ४० वर्ष पुगेको अवसरमा कम्पनीले इलेक्ट्रीक भेहिकल निर्माणको लागि नयाँ प्लान्ट सिलान्यास गरेको हो ।

मारुती सुजुकीले ब्याट्री उत्पादनको लागि गुजरातको हन्सलपूर र नयाँ गाडी उत्पादनको लागि हरियानाको खरखोडामा दुईवटा उत्पादन प्लान्ट सिलान्यास गर्दै आफ्नो नयाँ रणनीति सार्वजनिक गरेको हो ।

कम्पनीले जनाए अनुसार यी दुई प्लान्ट निर्माणमा ३० हजार करोड लगानी गर्नेछ । मारुतीले सन् २०२५ मा पहिलो ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने घोषणा गरेसँगै आफैँले ब्याट्री समेत उत्पादन गर्ने भएको हो । मारुतीको नयाँ इलेक्टीक भेहिकल ‘वर्न इलेक्ट्रीक प्लेटफर्म’मा बन्नेछ ।

साथै, अवसरमा जापानीज अटोमोवाइल कम्पनी सुजुकीले भारतमा नयाँ ग्लोबल रिसर्च एण्ड डेभलपमेन्ट सेन्टरसमेत खोल्ने जनाएको छ । यो आरएण्डडी सेन्टरमा सम्पूर्ण लगानी सुजुकी जापानको हुनेछ ।

सुजुकीका लागि भारतीय बजार अतिनै महत्वपूर्ण बजार हो । सुजुकीले विश्वभरमा बनाउने कुल अटोमोवाइलको ६० प्रतिशतभन्दा बढि हिस्सा भारत हो । जापनीज कम्पनी सुजुकी मोटर कर्पोरेशनको भारतीय मारुती सुजुकीमा ५६.३७ प्रतिशत हिस्सा रहेको छ ।

आज आयोजित कार्यक्रममा भारतीय प्रदानमन्त्री नरेन्द्र मोदीले ९२ वर्षिया सुजुकीका अध्यक्ष ओसामु सुजुकीलाई सम्मानसमेत गरेको थिए ।


Back_to_top