चौधरी ग्रुपले नेपाल ल्याउने भयो ‘ओला इलेक्ट्रीक’

काठमाडौं । चर्चित इलेक्ट्रीक दुई पाङ्ग्रे सवारी निर्माता ओलाका उत्पादन नेपाल आउने भएको छ । ओलाका उत्पादन नेपाली बजारमा चौधरी ग्रुपले ल्याउने भएको हो ।

भारतीय बजारमा चर्चाको शिखरमा रहेको इलेक्ट्रीक स्कुटर कम्पनी यसअघि धेरै कम्पनीलहरुले नेपाल ल्याउन प्रयास गरेको थिए । हाल सिजी ग्रुपले ओला नेपाल ल्याउन सफल भएको हो ।

चौधरी ग्रुप अन्तर्गत सिजी मोटरबाट केही महिना अघिमात्रै होजोन मोटर्सको नेटा भी नेपाल ल्याएको कम्पनीले इलेक्ट्रीक ब्राण्ड ओलाका उत्पादन समेत नेपाल ल्याउने भएको हो ।

एकैदिन एकलाख यूनिट बुकिङ भएर चर्चामा आएको ओला इलेक्ट्रीकले हालै इलेक्ट्रीक कारको टीजरसमेत सार्वजनिक गरेको छ । अहिले भारतमा ओलाले दुई मोडलका इलेक्ट्रीक स्कुटरको उत्पादन र विक्री वितरण गर्दै आएको छ । कम्पनीले ओला एस १ र एस १ प्रो भारतीय बजारमा विक्री गर्दै आएका मोडल हुन् ।

दशैंअघि नै नेपाल ल्याउने प्रयास भइरहेको ओलाका स्कुटर सम्भवत नाडा ईभी शो २०२२ मा प्रदर्शनी हुने अनुमान गरिएको छ ।

लामो समयदेखि भारतमा उत्पादन कम र माग ज्यादा भएका कारण ओला ब्राण्ड नेपाल ल्याउन सम्भव भएको थिएन । हाल ओलाले आफ्नो उत्पादन क्षमता वृद्धि गरेसँगै नेपाल भित्रिएको हो ।


Back_to_top