‘फनदेखि डिस्काउन्ट’सम्म पाइने होन्डाको एक्सचेन्ज क्याम्प भोलि हुँदै

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटरले एक दिने एक्सचेन्नज क्याम्प संचालन गर्न लागेको छ । कम्पनीले भोलि शनिवार ललितपूरको पेम्बाहल र भक्तपूरको सिद्धपोखरीमा एक दिने एक्सचेन्ज क्याम्प आयोजना गर्न लागेको हो ।

स्याकार ट्रेडिङ प्रालिले आयोजना गर्ने यो एक्सचेन्ज क्याम्पमा सहभागीले निःशुल्क कफी र गिफ्ट ह्याम्पर प्राप्त गर्न सक्नेछन् । साथै, एक्सचेन्ज मेलामा सहभागी भएर मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ५ हजार नगद छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, एक्सचेन्जमा आउने कुनैपनि ब्राण्डको सेकेन्डह्याण्ड मोटरसाइकललाई अतिरिक्त ५ हजार एक्सचेन्ज बोनस उपलब्ध गराउने कम्पनीले जनाएको छ । यो मेलामा मनोरन्जनको लागि म्यूजिक कन्सर्टसमेत आयोजना गर्न लागिएको छ ।


Back_to_top