काठमाडौं । ओम मोटोकर्पले टारो मोटरसाइकल तथा स्कुटरमा दशैं स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ स्कीक सार्वजनि गरेको हो ।
यो योजनामा ग्राहकले टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको खरिदमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा विभिन्न बम्पर पुरस्कार जित्न सक्नेछन् ।
ओम मोटोकर्पले विक्री गर्ने मोटरसाइकल जीपी२ २००, जीपी १ २५० र जीपी १ ४०० मा नगद ३० हजार रुपैयाँ छुट तथा स्कुटर इमोला १५० मा १५ हजार नगद छुट दिने भएको हो । यसका साथै ग्राहकले यो योजनामा सहभागी १ जना भाग्यशाली बिजेताले ५ वर्षको कर छुट प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै यो योजनामा ग्राहकले टेष्ट राइड गरेर हात खाली नजाने पुरस्कार उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमा विक्री गर्दै आएको इमोला १५० स्कुटरको मूल्य ३ लाख ३० हजार रुपैयाँ, जीपी २ २५० को मूल्य ५ लाख ५० हजार, जीपी १ २५० को मूल्य ६ लाख ५० हजार र जीपी १ ४०० को मूल्य ९ लाख ५० हजार रुपैयाँ रहेको छ ।


