काठमाडौं । हुन्डाई भेन्यूको नयाँ भेरियन्ट एनलाइन भारतीय बजारमा सार्वजनिक भएको छ । हुन्डाई मोटर्स इन्डियाले दुई भेरियन्टमा भेन्यू एन-लाइन सार्वजनिक गरेको हो ।
भेन्यू एन-लाइन एन ६ र एन ८ गरि दुई भेरियन्टमा उपलब्ध हुनेछ । यो कार तीनवटा डबल टोन र दुई मोनोटोन कलरमा उपलब्ध हुनेछ ।
एन–लाइनमा नयाँ ग्रिलको साथ फ्रन्ट फेन्डर, ह्वील हब र टेलगेटमा एन लाइनको ब्याच दिइएको छ । त्यस्तै यसमा १६ इन्चको डायमन्ड कट अलाय ह्वील दिइएको छ । यसका साथै एन-लाइनमा यूनिक डबल क्यामेरा सेटअपसहितको ड्यासक्याम रहेको छ ।
यसको इन्टेरियरमा पूर्ण कालो कलरको रहेको छ भने यसमा ठुलो आकारको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ जसमा एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी, एलेक्जा तथा गुगुल भ्वइस असिस्ट जस्ता फिचर उपलब्ध रहेको छ ।
इन्टेरियरका अलावा एन-लाइनमा मेकानिकल परिर्वतन समेत देख्न पाइन्छ ।
यसको सस्पेन्सन, एक्जष्ट र स्टेरिङलाई स्पेशल ट्युनिङ्ग गरिएको छ । त्यस्तै ब्रेकिङमा यसको चारै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । यसका साथै यसमा ३० भन्दा धेरै सुरक्षा फिचर र २० भन्दा धेरै उच्च सुरक्षा फिचर पाउन सकिन्छ । जसमा भेहलिक स्टेवलिटी, इलेक्ट्रोनिक स्टेवलिटी कन्ट्रोल, हिल एसिस्ट कन्ट्रोल, डुअल एयरंब्याग, चाइल्ड सेफ्टी लक, एबीएस तथा इबीडी, ब्रेक असिस्ट जस्ता फिचर रहेको छन् । यसका अलावा एन-लाइनमा इको मोड, नर्मल मोड तथा स्पोर्टस मोड दिइएको छ ।
भेन्यू एन-लाइनमा १.० लिटर काप्पा जीडीआई टर्बो पेट्रोल इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १२० पीएस पावर र १७२ एनएम टर्क प्रदान गर्छ । यसमा ७ स्पीड डबल क्लच अटोमेटीक गियरबक्स रहेको छ ।
यसको सुरुवाती मूल्य १२ लाख १६ हजार भारतीय रुपैयाँ निर्धारण गरेको छ । भारतीय बजारमा यसको बुकिङ खुल्ला भइसकेको छ ।
भारतमा हुन्डाईले यसअघि आई २० को एन लाइन भर्सन ल्याएको थियो । तर, उक्त भेरियन्ट अहिलेसम्म नेपाल आएको छैन । तर, सब फोर मिटर सेग्मेन्ट नेपालमा सर्वाधिक सफल सेग्मेन्ट भएकोले भेन्यूको एन लाइन-भर्सन भने नेपाल आउन सक्नेछ ।


