बजाजको फेस्टीभ स्कीमः नगद छुट तथा २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले फेस्टीभ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नजिकिदै गरेको चाडपर्व दशैं तिहार र छठलाई लक्षित गरेर फेस्टीभ स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले आधाको आधा मूल्यमा मोटरसाइकल स्कीम सार्वजनिक गरेको हो ।

कम्पनीले डाउन पेमेन्ट गर्न पैसा अपुग हुने ग्राहकहरुलाई लक्षित गरेर २५ प्रतिशत मात्र डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्न सकिने स्कीम सार्वजनिक गरेको छ । त्यस्तै पुरा पैसा तिरेर मोटरसाइकल खरिद गर्ने ग्राहकलाई ७ हजार नगद छुट दिने कम्पनीले जनाएको छ ।

बजाजको यो योजना नेपालभर रहेको शोरुममा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बजाजले विभिन्न मोडलका १६ भेरियन्टमा मोटरसाइकल विक्री गर्दै आएको छ ।


Back_to_top