हिरोले ल्याउँदै नयाँ स्कुटर, लुक्स र माइलेज उत्कृष्ट हुने

काठमाडौं । हिरो मोटोकर्पले नयाँ स्कुटर ल्याउने भएको छ । कम्पनीले ११० सीसी क्षमताको ‘मेष्ट्रो जुम’ नामबाट स्कुटर बजारमा ल्याउने भएको हो ।

कम्पनीले हाल मेष्ट्रो एज ११० र मेष्ट्रो १२५ एज विक्री गर्दै आएको छ । हिरो मोटोकर्पले यसअघि नै मेष्ट्रो १२५ एजमा कनेक्ट फिचर थप गरेर ल्याइसकेको छ भने हाल कम्पनीले नयाँ डिजाइनमा स्मार्ट कनेन्टसहिटको मेष्ट्रो जुम ११० ल्याउने तयारी गरेको हो ।

नयाँ मेष्ट्रो जुममा फरक डिजाइनको सिंगल पिस सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ । त्यस्तै, यसको एप्रोनमा टर्न इन्डिकेटर पाउन सकिन्छ । साथै, डे टाइम रनिङ लाइटसमेत थप भएर आउने छ । नयाँ मेष्ट्रो जुम ११० पहिलाको तुलनामा एग्रेशिभ डिजाइनमा देखिएको छ ।

यो स्कुटरमा फुल डिजटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ । ब्लुटूथ कनेक्टिभिटी समेत पाउन सकिने मेष्ट्रो जुम ११० को दुबैतर्फ १२ इन्चको अलोय ह्वील उपलब्ध रहेको छ । मेष्ट्रो ११० एजमा १० इन्चको ह्वील छ ।

त्यस्तै यसमा सिग्नेचर एलइडी ब्रेक दिइएको छ । यो स्कुटरमा ११०.९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले ७५०० आरपीएममा ८ बीएच पावर तथा ५५०० आरपीएमा ८.७५ एनएम टर्क जेनेरेट गर्छ । हिरोले यसमा आइ३एस टेक्नोलोजीको प्रयोग गरेको छ जसका कारण फ्यूलको बचत गर्न मद्धत पुग्छ ।

कम्पनीले केही दिन भित्रै हिरो मेष्ट्रो जुम ११० सार्वजनिक गर्नेछ ।


Back_to_top