हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक हुने

काठमाडौं । भारतको सबैभन्दा धेरै दुईपांग्रे सवारी साधन विक्री गर्ने कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर आगामी महिना सार्वजनिक गर्ने भएको छ ।

भारतीय ब्राण्ड हिरो मोटोकर्पले भिडा नामको सब्राण्ड मार्फत इलेक्ट्री भेहिकलको बजारमा प्रवेश गर्ने भएको हो । कम्पनीले भिडाको आगामी अक्टुबर ७ मा पहिलो प्रडक्ट लन्च गर्ने पुष्टि गरेको हो ।

हिरोले यसै वर्ष भिडा, भिडा मोटोकर्प, भिडा ईभी, भिडा इलेक्ट्रीक, भिडा स्कुटर र भिडा मोटरसाइकलको नाममा प्याटेन्ट दर्ता गरेको थियो ।

हालै मात्र हिरो मोटोकर्पले हिरो इलेक्ट्रीकको नामको लागि लामो मुद्दा जितेको थियो । हिरो मोटोकर्पले अब आफ्नो इलेक्ट्रीक दुईपांग्रे सवारीमा हिरो नाम प्रयोग गर्न सक्ने भएता पनि भिडा नामलाईनै ईभीको लागि प्रयोग गर्ने देखिएको छ ।

हिरोको भिडा स्कुटर अरु नयाँ स्कुटर ब्राण्डको जस्तो महंगो नहुने प्रस्ट पारेको छ । हिरोको इस्कुटरमा ब्याट्री स्वाप गर्नका लागि ‘गोरोगो’ कम्पनीसँग पार्टनरसिप गरिसकेको छ ।

हिरोले चार्जिङ टेक्नलोजीका लागि अथर र हबमोटरसँग संझौता गरेको छ । यसको ब्याट्री र मोटरको पावरको लागि भने आगामी महिनाको ७ तारिखसम्म कुर्नु पर्ने देखिन्छ ।


Back_to_top