काठमाडौं । वेलायती अटोमोबाइल ब्राण्ड ल्याण्ड रोभरले आफ्नो अफरोड एसयूभी डिफेन्डरको उत्पादन सुरू गरेको ७५ वर्ष भएको छ । कम्पनीले सो अवसरमा ७५ वटा स्पेशल एडिसन उत्पादन गरेका छ ।
यो एडिसनमा उत्पादन भएको सबै गाडीमा युनिक डिटेलिङका साथै ह्वील र इन्टेरियरसहित बडि कलर गार्जमेयर ग्रीन दिएको छ ।
यो कलर डिफेन्डरमा पहिलो पटक प्रयोग भएको हो ।

यो लिमिटेड एडिसन हाइ स्पेशिफिकेसन सहितको एचएसई भेरियन्ट हो। जसमा स्ट्याडर्ड इक्कुप्मेन्ट, थ्रीडी सराउण्ड क्यामरा सहितको इनोभेटिभ टेक्नलोजी, छनौट गर्न मिल्ने टेरेन रेस्पन्स, मेरिडियन साउण्ड सिस्टम, मेट्रिक्स एलइडी फ्रन्ट लाइटिङ, ११.४ इन्चको पीभीप्रो इन्फोटेन्मेन्ट सिस्टम, हेडअप डिस्प्ले तथा वायरलेस डिभाइस चार्जर आदि फिचर रहेको छ ।

यो एसयूभी प्लगइन हाइब्रिड सहितको पेट्रोल र डिजेल दुवै इन्जिन अप्सनमा उपलब्ध रहेको छ ।


