पछिल्लो समय निकै चर्चित बनेको एसयूभी सेग्मेन्ट यस वर्षको सुरुवाती चरणबाटै भारतीय बजारमा बिक्री खस्किएको देखिएको छ । अघिल्लो वर्षको तुलनामा कार बजारको बिक्रीअनुसार एसयूभीको बिक्री ग्रोथ पाईंदैन । तरपनि, सबै कम्पनीहरु भएयूभी निर्माणमा लागि परेका छन् ।
हुन्डाई क्रेटा, मारुती भीटारा ब्रेजा, महिन्द्रा बोलेरो, रेनो डस्टर, टोयोटा इनोभा र फोर्ड ईकोस्पोर्टजस्ता मोडलका एसयूभी गाडी तीन वर्ष पहिलेको वृद्धि तुलना गर्दा यी एसयूभीले बजार हिस्सा गुमाउँदैआएका छन् ।
सोसाइटी अफ इन्डियन अटोमोवाइल म्यानूफ्याक्चरकाअनुसार जुलाई महिनाको तत्याङ्कलाई आधारमान्दा अहिले सबै मोडलको बिक्री घटेको छ । जसमा एसयूभी सेग्मेन्टमा भने नौ प्रतिशतले गिरावट आएको छ ।
बजारकै नेतृत्व गर्ने मारुतीको एसयूभी ब्रेजाको बिक्री अघिल्लो वर्षको सोही समयको तुलनामा सात प्रतिशतले घटेको छ भने हुन्डाईको क्रेटाको बिक्री ग्रोथ छैन तर खासै घटेको पनि छैन ।
फोर्ड ईकोस्पोर्टको बिक्रीमा पनि गिरावट आएको छ । महिन्द्राको बोलेरोको बिक्री तथ्याङ्क बढेको छैन । टोयोटाको इन्नोभामा भने २९ प्रतिशतले कमी आएको छ ।
यी मुख्य एसयूभीहरु मार्च २०१८ बाट खस्कन थालेका हुन् ।
ब्रेजाको बिक्री जुलाई २०१७ मा १५ हजार दुई सय ४३ युनिट बिक्री गरेको थियो । जुलाई २०१८ मा १४ हजार एक सय ८१ युनिटमात्र बिक्री भएयो । हुन्डाई क्रेटाको बिक्री २०१७ जुलाईमा १० हजार ५ सय ५६ रहेकोमा २०१८ जुलाईमा १० हजार चार सय २३ युनिट रह्यो ।
टोयोटा ईन्नोभा जुलाई २०१७ मा ९ हजार ३ सय ६९ युनिट बिक्री भएकोमा अहिले ६ हजार ६ सय ३८ युनिटमात्र बिक्री भएको छ ।
त्यसैगरी, फोर्डको ईकोस्पोर्टको बिक्री पनि अघिल्लो वर्षको जुलाईमा चार हजार ३७५ युनिट भएकोमा यस वर्ष चार हजार ४० युनिटमात्र भएको छ ।
महेन्द्रा बोलेरोको बिक्रीमा पनि गिरावट आएको छ । जुलाई २०१७ मा ६ हजार पाँच सय ९७ युनिट बिक्री भएकोमा २०१८ जुलाईमा ६ हजार पाँच सय ५९ युनिट बिक्री भएको छ ।

