काठमाडौं । टीभीएस बाइकको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले आरआर–३१० नेपाली बजारमा लन्च गर्ने अन्तिम तयारी गरेको छ ।
केही दिन अघिदेखि नेपाली बजारमा टेष्टिङ्ग चलिरहेको यो बाइक नाडा अटो–शोमा सार्वजनिक गर्ने तयारीमा कम्पनी लागेको छ ।
केही समय अगाडिमात्रै आरटीआर–२०० ४ भी लञ्च गरेको कम्पनीले बजारमा आफ्नो उपस्थिति बलियो बनाउन नयाँ बाइक ल्याउन लागेको जनाएको छ । टीभीएसले उत्पादन गरेको बाइकहरू विशेष गरी युवा लक्षित भएका कारण पनि नेपाली बजारमा पछिल्लो दिनमा लोकप्रिय हुँदै गइरहेको छ ।
इन्जिन
टीभीएस अपाची आरआर–३१० मा ३१२.२ सीसी क्षमताको फोरस्टोक, फोरभल्भ सिङ्गल सिलिन्डर इञ्जिन रहेको छ । उक्त इञ्जिनले ९७०० आरपीएममा ३४ पीएस पावर तथा ७७०० आरपीएममा २७.३ एनएक टर्क जेनेरेट गर्छ भने, ६ ट्रान्समिसनमको गियरबक्स दिइएको छ ।
योपनि पढ्नुस्ःनेपाल आयो नयाँ क्रेटा फेसलिफ्ट, पुरानोको तुलनामा थपिए यी फिचर
यो बाइकको उच्चगति एक सय ६० किलोमिटर प्रतिघन्टाको रफ्तार रहेको छ । यसको प्रतिस्पर्धा केटीएम आरसी–३९० सँग हुनेछ उक्त बाइकको टपस्पीड–१७९ किलोमिटर प्रतिघन्टा रहेको छ ।
माइलेज
कम्पनीकाअनुसार ३० किलोमिटर प्रतिलिटर माइलेज दिने यो बाइकले शून्यदेखि एक सय किलोमिटरको रफ्तार पकड्न ७.१७ सेकेन्ड लगाउने छ । यो बाइकमा ११ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको छ, जुन केटीएम आरसी–३९० भन्दा १.४ लिटरले बढी हो ।
मूल्य
अपाचे आरआर–३१० को नेपाली बजार मूल्य आठ लाख रुपैयाँ हाराहारीमा रहने अनुमान गरिएको छ ।

