‘पल्सर एन १६०’को यस्तो छ मासिक किस्ता

काठमाडौं । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले गतहप्ता सार्वजनिक गरेको पल्सर एन १६० निकै चर्चा कमाउन सफल भएको छ । कम्पनीले ल्याएको नयाँ जेनेरेशन पल्सर एन १६० मा युवाको आकर्षण निकै बढेको हो ।

काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला आयोजना गरेर बजाजले पल्सर एन २५० र एन १६० सार्वजनिक गरेको थियो । मेलामा एक्स्चेन्जमा आउने धेरै मानिसको रोजाईमा पल्सर एन १६० परेको देख्न सकिन्थ्यो ।

‘नयाँ जेनेरेशन पल्सर एन १६० युवाको आकर्षण देखिएको छ । तर, बजारमा कायम तरलता अभावले सोचे अनुसार विक्री देखिएको छैन’, हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने ।

आकर्षक डिजाइन, मस्कुलर बडी, यूनिक हेडल्याम्प, नयाँ डिजाइनको एग्जस्ट जस्ता फिचरको कारण नयाँ जेनेरेशन पल्सर एन १६०को आकर्षण बढेको हो ।

कति पर्छ मासिक किस्ता ?

पल्सर एन १६० को मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ कायम गरेर विक्री सुरु गरिएको छ । बजाजले दशैं स्कीम संचालन गरिरहेको छ । दशैं स्कीममा ग्राहकले २५, ३५ र ५० प्रतिशत डाउन पेमेन्ट मध्ये आफ्नो अनुकुल अनुसार डाउन पेमेन्ट गर्न सक्नेछन् ।

बजाजले ल्याएको स्कीममा ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गर्दा १२ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने छन् । पल्सर एन १६० किन्न चाहनेले कम्तीमा ९४ हजार ९७५ रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्नेछ ।

कम्पनीले कर्जा सुविधा प्रदान गरेको कारण २ लाख ८४ हजार ९२५ रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् । यसरी लिएको कर्जा २ वर्ष भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । उक्त कर्जा मासिक १३ हजार ४१३ रुपैयाँको दरले भुक्तानी गर्नु पर्ने हुन्छ ।

यस्ता छन् फिचर

बजाजले पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की दिएको छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा डबल च्यानल एबीएस पाउन सकिन्छ । दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील मस्कुलर बडी यसको वलियो पक्ष हो ।


Back_to_top