यो हो अहिलेसम्मकै खराब बुलेट मोडिफाई !

भारतको एक बाइक मोडिफाई कम्पनीले रोयल एनफिल्ड बुलेटको अहिलेसम्म कै सबैभन्दा नराम्रो मोडिफाई गरेको एक रिपोर्टले देखाएको छ । 

कारट्युक रिपोर्टका अनुसार त्यस बाइकमा फ्युरी रोड प्रभावित कस्टोम निर्माण गरिएको छ । रिपोर्टका अनुसार, यो बाईक गुरुग्रामको बाहिर राखिएको छ । यसले युद्ध-थीमलाई झल्काएको कारट्युक रिपोर्टले देखाएको छ । 

थुप्रै मेकानिकल पार्ट टाँसेर बनाईएको मोडिफाइड रोयल इन्फिल्ड बुलेट देख्दै अचम्म लाग्ने किसिमले बनाइएको छ । यो बाईकको रुपमा म्याड म्याक्स, फ्युरी रोडले एक कस्टम रोयल एनफिल्ड देखाएको छ तर, यो सबैभन्दा नराम्रो बनेको छ । 

यसको हेडलाईटलाईमा बिभिन्न मेकानिकल पार्टसहरुले विस्थापन गरिएको छ । त्यस्तै फ्रन्ट फेन्डरलाई गियरसँग जोडिएको छ । 

सिंगल सिटमात्र रहेको यो मोडिफाइड बाइकमा ध्वाँ फ्याक्ने साइलेन्सर पाइप २ वटा लगाइएको छ । त्यसैगरी बाइकको पार्सल र्याकसँग रियर फेन्डर फिट गरिएको छ भने, अन्य सामानपनि कस्टमाइज गरिएको छ । 

यस बाइकमा पुरानो कस्ट आइरन इन्जिन दिइएको छ ,जसमा ३४६ सीसी सिंगल सिलिन्डर क्षमता रहेको छ ।  यस बुलेट बाइकमा लगाइएको एयर कुल्ड इन्जिनले १८ वीएचपी पावरका साथै २६.९ एनएम टर्क उत्पादन गर्छ । यस बाइकमा ४ स्पिड गियरबक्स जडान गरिएको छ । 


Back_to_top