काठमाडौं । होन्डाले भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको नयाँ एड्भेन्चर मोटरसाइकल आरएक्सई ३०० निकै चर्चा हुन थालेको मोडल हो ।
कम्पनीले यसलाई अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको अफ्रिकन टुइनबाट प्रेरित रहेर बनाएको हो ।
इन्जिन
होन्डाले यसलाई फ्यूल फ्लेक इन्जिनमा ल्याउन लागेको हो । कम्पनीले यसमा २९१.६ सीसी क्षमताको एयर कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २५.४ एचपी र २७.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स उपलब्ध हुनेछ ।
ग्राउन्ड क्लियरेन्स
होन्डाले नयाँ एड्भेन्चर मोटरसाइकलमा २५९ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ । यो सेग्मेन्टमा उपलब्ध अन्य मोटरसाइकलको तुलनामा उत्कृष्ट मानिन्छ ।
सस्पेन्सन
होन्डाले आरामदायी यात्राको लागि अगाडि टेलिस्कोपीक फर्क र पछाडि मोनोशक सस्पेन्स दिएको छ । होन्डाले डबल कार्डिल च्याचिसमा बनाएको हो ।
ब्रेकिङ
ब्रेकिङको लागि अगाडि २५६ एमएम र पछाडि २२० एमएमको डिस्क ब्रेक, ड्यूल च्यानल एबीएस, अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिएको छ ।
फिचर
आरएक्सई ३०० एड्भेन्चर निकै आकर्षक डिजाइनमा तयार भएको छ । कम्पनीले यसलाई निकै फिचर लोडेड बनाएर ल्याएको छ । मोटरसाइकलमा प्रयोग भएको सबै लाइट एलइडी प्रयोग भएको छ । सामान्य एलसीडी डिस्प्ले, १३.८ लिटर क्षमताको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

