गुड्दा गुड्दै मोटरसाइकल बन्द भए के गर्ने ?

काठमाडौं । सवारीसाधन निकै अनिश्चियको साधन मानिन्छ । मेसिनरी साधन भएको कारण कति बेला कस्तो अवस्थामा समस्या आउँछ भन्न सकिदैन । कुनै समय ठूलो समस्या आएको कारण साधन गुड्दा गुड्दै बन्द हुन्छ भने कहिलेकाहीँ सामान्य समस्याले पनि मोटरसाइकलको स्टार्ट बन्द हुनेगर्छ ।

त्यसमा पनि अहिले चाडवार्डको सिजन चलिरहेको छ । यस्तोमा धेरै मानिसले आफ्नो यात्रा बढाएका हुन्छन् । त्यसैले बाटोमा गुड्दा गुड्दै मोटरसाइकल वा स्कुटरको स्टार्ट बन्द भएका समान्य कुरा चेक गर्नतर्फ लाग्नु पर्छ ।

सबैभन्दा पहिला साधन रोकेर एयर फिल्टर खोलेर सफा गर्नुपर्छ । एयर फिल्टरले बाहिरी वातावरणमा रहेको हावालाई फिल्टर गरेर सफा हावा इन्जिनमा पठाउने काम गर्छ । यदि धेरै धुलो भएर आवश्यक मात्रामा हावा इन्जिनमा पठाउन सकेन भने इन्जिन बन्द हुन्छ । त्यसैले सबैभन्दा पहिला एयर फिल्टर सफा गर्नुपर्छ ।

अर्को महत्वपूर्ण कुरा स्पार्क प्लग हो । कुनै ठाउँमा गुडाउँदै लगेर रोकेको मोटरसाइकल केही सयमपछि नै स्टार्ट नहुन सक्छ । यस्तोमा सबैभन्दा पहिला हेर्नु पर्ने स्पार्क प्लग हो । धेरै मानिसले स्पार्क प्लगमा ध्यान दिदैनन् । तर, इन्जिन स्टार्ट यसको फङ्गसन विना सम्भव हुँदैन । त्यसले स्पार्क प्लगको उचित सरसफाई र हेरचाह अनिर्वाय हुन्छ ।

लामो बाटोमा निरन्तर यात्रा गर्दा मोटरसाइकलको इन्जिन ओभर हिट भएर स्टार्ट बन्द हुनसक्छ । यस्तो अवस्थामा मोटरसाइकल लगातार उच्च गतिमा चलाउनु निकै जोखिम पूर्ण हुन्छ । बेला बेला रोकेर मोटरसाइकलको इन्जिन सेलाउन दिनु पर्छ । यसले पनि अचानक पाउन सकिने दुःख घटाउन सकिन्छ ।

यदि यी सामान्य सावधानी र निरिक्षणपछि पनि तपाईको मोटरसाइकल ठिक ठाउँमा आएन भने वर्कसपमा नै लगेर परिक्षण गराउनु पर्ने हुन्छ ।


Back_to_top