आयो जावाको नयाँ बब्बर मोटरसाइकल, पावर पनि उत्कृष्ट

काठमाडौं । जावाले नयाँ बब्बर मोटरसाइकल सार्वजनिक गरेको छ । यसअघि कम्पनीले जावा पेराक बब्बर डिजाइनमा विक्री गर्दै आएको थियो । अबभने कम्पनीले जावा फोर्टी टूको पनि बब्बर डिजाइनमा सार्वजनिक गरेको हो ।

कम्पनीले जावा फोर्टी टूको बब्बर भेरियन्टको मूल्य २ लाख ९ हजार भारतीय रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको हो । मूल्यको हिसावले यो बब्बर मोटरसाइकल भारतमै सेग्मेन्टको सबैभन्दा कम मूल्यको मोटरसाइकल बनेको छ ।

यूरोपको चर्चित क्लासिक मोटरसाइकल ब्राण्ड भारतीय कम्पनीले महिन्द्राले खरिद गरेसँगै भारतबाट उत्पादन हुँदै आएको छ । कम्पनीले पछिल्ला ४ वर्षमा एकपछि अर्को मोडल बजारमा ल्याएको हो । नयाँ बब्बर डिजाइन मोटरसाइकल अर्कोहप्ताबाट डेलिभरी सुरु हुने कम्पनीले जनाएको छ ।

जावा फोर्टी टू बब्बर तीन कलर भेरियन्टमा उपलब्ध रहेको छ । जसमा मिस्टर कप्पर, मूनस्टोन ह्वाइट र डुअल टोन जेस्पर रेड कलर रहेको छ । कम्पनीका अनुसार यसको डिजाइन तथा स्टाइलमा मात्र परिर्वतन नभइ यसको पर्फमेन्समा समेत सुधार गरिएको छ ।

जावा पेराकको तुलनामा फोर्टी टू बब्बरको मूल्य कम रहेको छ भने पेराक खरिद गर्न नसक्ने ग्राहकका लागि बब्बर अर्को उत्कृष्ट विकल्प भएको कम्पनीको भनाई छ ।

जावा फोर्टी-टू बब्बरमा ३३४ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यो इन्जिनले ३०.६४ पीएस पावर र ३२.७४ एनएम-टर्क जेनेरेट गर्छ । यसमा सिक्स-स्पीड ट्रान्समिसन जडान गरिएको छ ।


Back_to_top