दशैंको टिकापछि मोटरसाइकलमा घुम्न जाँदा ख्याल गरौं ५ कुरा

काठमाडौं । आज दशैंको टीका थाप्ने दिन । दशमीको दिन टिका लगाएपछि धेरै मानिसले घुम्न जाने योजना बनाएका हुन्छन् । पछिल्ला ३ वर्ष स्वास्थ्य संकटबाट विश्व नै गुज्रियको छ । नेपालमा डेंगु संक्रमणको कारण दशैंमा हजारौं मानिस बिरामी परेका छन् ।

जस्तोसुकै कठिन समय भएपनि युवाहरु घुम्न निस्कने योजना बनाइरहेका हुन्छन् । चाहे त्यो नयाँ गन्तब्यमा घुम्ने होस् वा आफन्त कहाँ टीका थाप्न र आर्शिवाद लिन जाने नाममा होस् । घुम्नु युवाहरुको एउटा मुख्य चाहनामा पर्छ ।

पछिल्ला २ दिनदेखि निरन्तर पानी परिरहेको छ । मौसम विभागको पूर्वाअनुमान अनुसार भोलिसम्म निरन्तर पानी पर्न सक्ने जनाइएको छ । त्यसैले यस्तो अवस्थामा मोटरसाइकल लिएर लामो यात्रा गर्ने योजना बनाउनु भएको छ भने केही तयारी गर्नु पर्ने हुन्छ ।

स्थान छनोट

देशको विभिन्न स्थानमा पर्यटक जाने लहर पुनः सुरु भएको छ । कोभिड १९ को कारण संकटतर्फ उन्मुख भएको पर्यटन व्यवसाय पनि विस्तारै तङ्ग्रेका छन् । विशेषगरी दशैं लगत्तै यात्रामा निस्कने मानिससँग ३÷४ दिनको छुट्टी रहने भएको कारण आफ्नो समय अनुसार स्थान छनोट गर्नु पर्छ ।

मोटरसाइकलको अबस्था

यात्रामा निस्कदा आफ्नो मोटरसाइकलको अबस्था कस्तो छ बुझ्नु पर्छ । मोटरसाइकललाई राम्रोसँग सर्भिस गरेर निस्कदा बीच बाटोमा समस्या पर्दैन । बाटोमा जहाँ त्यहि वर्कशप नहुन सक्छ । त्यसमा पनि चाडपर्वको समयमा अधिकांश वर्कशप बन्द हुने गर्छन् ।

प्याकिङ

लामो यात्रागर्दा सिल्पिङ व्याग, थर्मस, सेनिटाइज, मास्क, टुथ पेष्ट, सावुन, टावल जस्ता अत्यावश्यक सामाग्री आफैँले लानु पर्छ । आफु जाने स्थानको मौसमको अबस्था बुझेर सोहि अनुरुप आवस्यक कपडा बोक्नु पर्छ ।

टुलबक्स साथमा बोक्ने

मोटरसाइकलमा लामो यात्रा गर्दा आबश्यक पर्ने टुलबक्स साथमा बोक्नु पर्छ । समान्य टुलबक्स मोटरसाइकल किन्दा नै आएको हुन्छ । मोटरसाइकलको सिटमुनी अन्य केही टुलहरु थप गर्न सकिन्छ ।

लामो यात्रा गर्दा केहि पार्टस किनेर लग्नु राम्रो हुन्छ । क्लच वायर, डिस्क प्याड, थ्रोटल वायर जस्ता पार्टस जुन आफैले समेत चेन्ज गर्न सकिन्छ, यस्ता पार्टस् किनेर लग्नु राम्रो मानिन्छ ।

वर्षासँग सजग हुने

पानीबाट बच्न र सुरक्षीत हुनु सबैभन्दा महत्वपूर्ण हुन्छ । तपाईले जाने योजना बनाएको क्षेत्रको मौसम कस्तो छ । त्यस सम्बन्धी जानकारी लिनु पर्छ । अहिले विभिन्न मौसमको जानकारी दिने साइटहरु उपलब्ध छन् । साथै, सहजै जाने स्थानमा रहेको होटलहरुको नम्बर लिएर सोधखोज गर्न सक्नु हुनेछ ।

यदि मौसम ठिकठाक छ र बाटोमा कुनै किसिमको समस्या छैन भने तपाई आवश्यक रेनकोट लगायतका सामाग्री लिएर यात्रामा निस्कन सक्नु हुन्छ । तर, तपाईले साथमा केही ड्राईफुड भने बोक्नु पर्ने हुन्छ ।


Back_to_top