महिन्द्राका एसयूभी विक्रीमा अहिलेसम्म कै नयाँ रेकर्ड

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने निजी कारको आयातमा प्रतिबन्ध लगाइएको भएपनि भारतमा कार विक्रीले नयाँ रेकर्ड बनाइरहेको छ । विशेषत भारतीय कार उत्पादक ब्राण्डले आफ्नो विक्रीमा नयाँ नयाँ रेकर्ड बनाएका हुन् ।

भारतीय ब्राण्ड महिन्द्राले एक महिनामा विक्री गरेको तथ्यांक अहिलेसम्मकै धेरै सार्वजनिक भएको छ । कम्पनीले सेप्टेम्बर २०२२ मा ३४ हजार २६२ यूनिट एसयूभी गर्दै अहिलेसम्मकै सर्वाधिक धेरै विक्री गरेको हो । सन् २०२१ सेप्टेम्बरमा कम्पनीले १२ हजार ८६३ यूनिट मात्रै गाडी विक्री गरेको थियो ।

एक महिनाको अवधिमा महिन्द्राले केबल २४६ यूनिट मात्रै कार र भ्यान सेग्मेन्टको गाडी विक्री गरेको छ । कम्पनीसँग अहिले स्कर्पियो, थार, एक्सयूभी ३००, एक्सयूभी ७००, बोलेरो जस्ता मोडल छन् ।

महिन्द्राले भारतीय बजारमा रेकर्ड विक्री गरिरहँदा नेपाली बजारमा कम्पनीका कुनै पनि सफल मोडल उपलब्ध हुन सकेका छैनन् । अहिले नेपालमा स्कर्पियो र दुई पीकअप स्कर्पियो र बोलेरो मात्रै विक्री वितरण हुँदै आएको छ ।

सरकारले आयात खोल्ने हो भने महिन्द्राको स्कर्पियो एन, एक्सयूभी ७००, थार, बलेरो नियो जस्ता मोडल नेपाल आउने छन् ।


Back_to_top