यातायात क्षेत्रमा काँग्रेसको गोलमोल सङ्कल्प

काठमाडौं । नेपाली काँग्रेसले आगामी संघिय र प्रदेश सभा निर्वाचनको लागि जारी गरेको सङ्कल्प पत्रमा कस्तो यातायात क्षेत्रको विकास गर्न लागेको हो भन्ने विषय प्रस्ट पार्न सकेको छैन । विशेषत सार्वजनिक यातायातको क्षेत्रमा काँग्रेसले प्रस्ट मार्गचित्र प्रस्तुत गर्न नसकेको हो ।

काँग्रेसले जारी गरेको प्रतिवद्धता पत्रको ३.३.१ मा यातायात शिर्षक राखिएको छ । तर, उक्त खण्डमा यातायात क्षेत्र कस्तो हुने, कसको लगानी हुने र कसरी संचालन हुने भन्ने विषयमा केही उल्लेख छैन ।

सङ्कल्प पत्रमा पूर्व पश्चिम रेल मार्ग, मुग्लीङ पोखरा सडक चार लेन, द्रुतमार्ग सम्पन्न, मनाङ-मुस्ताङ हुँदै जुम्ला जोड्ने सडक, विभिन्न करिडोर निर्माण सम्पन्न, हुलाकी, मदनभण्डारी र मध्यपहाडी लोकमार्गहरुको निर्माण सम्पन्न गर्ने भनिएको छ । काठमाडौंको चक्रपथ विस्तार, कयौं सुरुङ मार्ग निर्माण जस्ता विषय सङ्कल्प पत्रमा उल्लेख भएपनि अन्तर प्रदेश यातायातका साधन संचालनको मोडालीटीको विषयमा केही उल्लेख गरिएको छैन ।

सन् २०४५ सम्ममा जैविक इन्धनको प्रयोग सून्यमा झार्ने र प्रदुषण रहित सवारीसाधनको प्रयोग बढाउने उल्लेख छ । सहरी क्षेत्रको लागि भने संघिय सरकार र स्थानिय सरकारको संयुक्त संयन्त्रमा ‘उपत्यका यातायात प्राधिकरण’ निर्माण गर्ने विषय उल्लेख छ ।


Back_to_top