नयाँ इन्जिनमा हिरो एक्सपल्स २०० टी, फिचरमा पनि परिवर्तन

काठमाडौं । हिरोले नयाँ मोटरसाइकल ल्याउने तयारी गरेको छ । कम्पनीले एक्सपल्स २०० टीको नयाँ भर्सन मोटरसाइकल ल्याउने तयारी गरेको हो ।

कम्पनीले एक्सपल्स २०० टी ४ भल्भ भर्सन ल्याउने भएको हो । हिरो मोटोकर्पले शोसल मिडियामा ४ भीको टीजर सार्वजनिक गरेको छ । योसँगै एक्सपल्स २०० टी ४ भी चाँडै सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।

कम्पनीले एक्सपल्स २०० टीमा रहेको इन्जिनलाई अपग्रेड गरेको छ भने यसको ग्राफिक्समा पनि परिमार्जन गरेको छ । नयाँ एक्सपल्स २०० टी ४ भीको फ्रन्ट सस्पेन्सनमा फोर्क कवर गेटर्स र नयाँ भाइजर दिइएको छ ।

हिरोले नयाँ मोटरसाइकलमा १९९.६ सीसी सिंगल सिलिन्डर, आयल कुल्ड, एफआई ३ भल्भ इन्जिन दिइएको छ । यो इन्जिनले १८.९ बीएच पावर तथा १७.३५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स रहेको छ ।

नयाँ भर्सनको मोटरसाइकलमा टर्न वाइ टर्न नेभीगेशन, युएसवी चार्जिङ पोर्ट, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जस्ता फिचर उपलब्ध हुनेछन् ।

हिरोले एक्सपल्स २०० टीको दुबै चक्कामा डिस्क ब्रेक दिएको छ भने सिंगल च्यानल एबीएसले सुरक्षीत यात्राको लागि सहयोग गर्नेछ । अहिलेको तुलनामा केही मूल्य बढेर नयाँ भर्सन बजारमा आउने छ ।

भारतीय बजारमा विक्री सुरु भएको केही महिना पछि मात्रै नयाँ मोडल नेपाल आउने छ । नेपालमा अहिले १५० सीसी माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाइएको छ ।


Back_to_top