काठमाडौं । बेनेलीले इआइसीएमए २०२२ मोटरसाइकल शोमा २५० सीसी क्षमताको दुई नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले बीकेएक्स २५० र बीकेएक्स २५० एस मोडल प्रदर्शनी गरेको हो ।
इटालियन निर्माता बेनेलीले नयाँ मोटरसाइकलमा २४९ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिनमा दिएकाृ छ । उक्त इन्जिनले अधिकतम २५.५ पीएस पावर र २१ एनएम टर्क प्रदान गर्छ । दुबै मोडलमा ६ स्पीड गियरबक्स दिइएको छ ।
दुबै मोडलमा समान सस्पेन्सन पाउन सकिन्छ । अगाडि ४१ एमएमको यूएसडी फर्क र पछाडि प्रिलोडेड मोनोशक दिइएको छ । कम्पनीले ल्याएको बीकेएक्स २५० मोडल नेकेड डिजाइनमा तयार भएको हो । यसमा दुबै साइडमा १७ इन्चको ह्वील दिइएको छ । यसको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।

बेनेलीले दुबै बाइकमा एलसीडी क्लष्टर, यूएसबी चार्जर, १३.५ लिटर क्षमताको इन्धन ट्याङ्की, एस मोडलमा स्पोक ह्वील र नेकेड मोडलमा अलोय ह्वील पाउन सकिन्छ ।

