नेक्सन ईभी किन्नेलाई नविल बैंकको कर्जा, ब्याजदर पनि आकर्षक

काठमाडौं । टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ र नविल बैंक बीच एक सम्झौंता भएको छ । सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई नविल बैंकले कर्जा दिने जनाइएको छ ।

टाटाले विक्री गर्ने विद्युतीय गाडीमा नविल बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ । अहिले टाटाले नेक्सन ईभी र टिगोर ईभी विक्री गर्दै आएको छ । बैंकले विद्युतीय गाडीमा ७ वर्षसम्मको लागि कर्जा प्रदान गर्नेछ भने व्याजदर १२.९९ प्रतिशत रहने छ ।

नविल बैंक र सिप्रदी बीच भएको सम्झौंता अनुसार ग्राहकले प्रक्रिया पुरा गरेको २४ घन्टा भित्रै कर्जा स्वीकृति पाउने छन् । यसले ग्राहकलाई निकै सहज हुने सिप्रदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

टाटाले विक्री गर्दै आएको नेक्सन ईभी अहिले नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । साथै, टाटा टिगोर कप्याक्ट सेडान कार हो । यसको पनि राम्रो विक्री भइरहेको छ । टाटाले चाँडै ह्याचव्याक टियागो ईभी पनि बजारमा ल्याउने गरी तयारी गरिरहेको छ ।


Back_to_top