सेलिब्रेटीहरूको रोजाईमा जीप, नेपाली सेलिब्रेटीसँग छ जीप र्याङ्लर

जीप शब्दले नेपाली जनमानसमा गहिरो छाप बोकेको छ । यहाँ सबै ठूला गाडी एसयूभीहरूलाई जीप भनिन्छ । नेपाल यातायात व्यवस्था विभागले जारी गर्ने सवारी चालक अनुमति–पत्रमै ‘ख’ क्याटगोरीमा कार, जीप र डेलिभरी भ्यान भनेर लेखिएको हुन्छ । त्यहाँ लेखिएको जीपले एसयूभीलाई जनाएको हो । अमेरिकी ब्राण्ड जीपको करिब ८० वर्षको इतिहास भएको छ । 

भारतमा जीपले उत्पादन गरेको पहिलो मोडल जीप कम्पास हो । यो गाडी भारतबाट राईटह्याण्ड ड्राइभ गर्ने देशहरू थाइल्याण्ड, अस्ट्रेलिया, युनाइटेड किङ्डममा निर्यात हुँदैआएको छ । नेपालमा पनि एमएडब्लू लाइफ अटोमोवाइलले सेप्टेम्बरको पहिलो सातादेखि आधिकारीकरुपमा जीपको बिक्री गर्ने भएको छ । 

जीप कम्पासको उत्पादन सुरु भएको एक वर्षमै २५ हजारभन्दा बढी सङ्ख्यामा यो बिक्री भैसकेको छ । यसका ग्राहकमा भारतका बलिउड सेलिब्रेटीहरू पनि निकै रहेका छन् । जसले यो गाडीको स्टालिस लूक्स र उच्चगुणस्तरको प्रविधिलाई पुुष्टी गरेको छ । 

१. ज्याकलिन फर्नान्डीज 


बडिउडकी चर्चित अभिनेत्री ज्याकलिन फर्नाण्डीज जीपको पहिलो भारतिय सेलिब्रेटी ग्राहक हुन् । गएको जनवरीमा उनले जीपको रातो रङ्गको कम्पास खरिद गरेकी हुन् । जीपले आफ्नो सोसल मिडियामा ज्याकलिनले जीपमा पोज दिएर खिचेका फोटोहरू पोष्ट गरेको थियो ।

२. अक्षय कुमार 


एसयूभी लभर भनेर बलिउडमा चिनिने कलाकार हुन्, अक्षय कुमार । उनीसँग विश्वका महंगा एसयूभीहरू पोर्सको कायेन, रेन्ज रोभर, बेन्टले तथा रोल्स रोयल्सलगायतका गाडीहरू ग्यारेजमा थन्किएका छन् । उनी जीप कम्पास खरिद गर्ने बलिउड सेलिबे्रटीको दास्रो नम्बरमा आउँदछन् । 

३. शेफ अलि खान


बलिउडका स्टार तथा पतौडीका राजकुमार शेफ अलि खानले पनि रातो रङ्गको जीपकै अर्को मोडल ग्राण्ड चेरोकीको खरिद गरेका छन् । उनले बच्चैदेखि जीपको गाडी चढ्दै आएको बताए । उनको बाबुले जीप नै चलाउने गरेको र उनको घरमा २/३ वटा जीपका गाडीहरू रहेको पनि बताए । उनले यस गाडीको सेक्युरिटी फिचरहरू र पछाडि रहेको बच्चाको सिट आफूलाई मन परेको पनि गाडी ह्याण्डओभर लिँदा बताएका थिए । 

४. फरान अख्तर


भारतका मल्टी ट्यालेन्टेड स्टार फरान अख्तरले पनि नीलो रङ्गको जीप खरिद गरेका छन् । गएको अप्रिलमा उनले जीपको ग्राण्ड चेरोकीको खरिद गरेका हुन् । 

५. रोहित रोय 


भारतीय टेलिभिजन तथा बलिउडमाका केही चलचित्रमा समेत काम गरिसकेका कलाकार रोहित रोय पनि जीप कम्पासका खरिदार हुन् । उनले सेतो रङ्गको जीप कम्पास चढ्ने गरेका छन् । 

नेपालमा पनि जीप धेरै पहिलादेखि गुडिरहेको छ । यहाँ जीपको र्याङ्लर मोडलहरू बाटोमा यदाकदा देखिँदैआएको छ । चर्चित गाएक योगेश्वर अमात्य कहिलेकाहिँ दरबारमार्गमा जीपमा देखिने गरेका छन् । विश्वमा धेरै सेलिब्रेटिहरूले मन पराएको जीप नेपाली कुन सेलिब्रेटीले पहिलो खरिद गर्ने हुन्, त्यो भने हेर्न बाँकी नै छ ।


Back_to_top