एबीएससहित आयो बुलेट ३५०, सोमबारबाट बजारमा

वेलायती मोटरसाईकल निर्माता कम्पनी रोयल इन्फिल्डले नयाँ मोडल क्लासिक ३५० एबीएस भारतीय बजारमा अगस्ट २७ मा सार्वजनिक गर्ने घोषणा गरेको छ ।

क्लासिक ३५० एबीएसमा डुअल च्यानल युनिट राखिनेछ । यस्तै बुलेट ३५० र बुलेट ईएसमा पनि डुअल च्यानल युनिट नै रहने अनुमान गरिएको छ ।   

बुलेट क्लासिक ३५० एबीएसको सुरक्षामा निकै ध्यान दिइएको कम्पनीले जनाएको छ ।  यसमा सिंगल च्यानल एबिएस सिस्टम दिइएको छ । 

नयाँ क्लासिक ३५० एबिएसको शुरुवाति मूल्य पुरानोको तुलना केही बढि हुने कम्पनीले जनाएको छ ।  कम्पनीले नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० मा कुनैपनि कस्मेटिक परिवर्तन भने गरेको छैन । 

रोयल इन्फिल्डको क्लासिक ३५० मा ३४६ सीसी क्षमताको इन्जिन दिइएको छ । जसले १९.८ वीएचपी पावरका साथै २८ एनएम टर्क उत्पादन गर्छ ।

नेपालमा कहिले ?

नेपाली बजारमा बुलेटका ३५० र ५०० सीसी क्षमताका बाइकहरु बिक्री वितरण हुँदै आइरहेका छन् । नेपाली बजारमा दुर्गड सन्सले बिक्री वितरण गर्दै आएको यो मोटरसाइकल भारतमा सार्वजनिक भएको केही महिनापछि नेपाल आउने कम्पनीले जनाएको छ ।  


Back_to_top