बेलायती राजकुमार ह्यारीको अडी आरएस–६ कार ९४ हजार डलरमा लिलामी भएको थियो । सेलिब्रेटीदेखि धनाढ्यसम्मले प्रयोग गरेका कारहरू निकै महंगोमा लिलाम–बिक्री हुने गरेको छ । उनीहरूले प्रयोग गरेको कारलाई वास्तविक मूल्यभन्दा कयौँ गुणा धेरै मूल्यमा खरिद गर्ने गरेका छन् ।
यहाँ एप्पलका सह–संस्थापकदेखि भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकरसम्मले चढेका र लिलामीमा धेरै मूल्य आएका कारकाबारेमा उल्लेख गरिएको छ ।
१. हर्ब चेम्बर्स
अमेरिकी व्यवसायी हर्व चेम्बर्सले १९९५ मा किनेको म्याकलरेन एफ–१ लिलामीमा राखे । उनको त्यो कार २०१८ मा एक करोड ५६ लाख २० हजार डलरमा लिलाम–बिक्री भएको थियो । उनले उक्त कार कतिमा खरिद गरेका थिए भन्नेचाहिँ खुलाइएको छैन ।
२. वारेन बफेट
धनाढ्य वारेन बफेटको २००६ मोडलको क्याडिलिक डीटीएस कोडलको कार २०१५ को फेब्रुअरीमा अनलाइन लिलाम–बिक्री भएको थियो । उक्त कार एक लाख २२ हजार पाँच सय डलरमा बिक्री भएको थियो । जबकी उक्त कार ४१ हजार डलरमा बफेटले किनेका थिए ।
३. सचिन तेन्दुलकर
भारत रत्न तथा भारतका चर्चित क्रिकेट खेलाडी सचिन तेन्दुलकरको फरारी–३६० मोडेना २०११ मा लिलामीमा राखेका थिए । उक्त कार राजहान्स ग्रुपका अध्यक्ष जयश देसारीले एक करोड २० लाख भारतीय रुपैयाँमा लिलाम बढाबढमा किनेका थिए ।
४. बिल गेट्स
विश्वका थोरै धनिमध्येका एक बिल गेट्सले १९७९ मा पोस्र्चको ९११ कार खरिद गरेका थिए । उनले १९९० उक्त कार बिक्री गरे । दोस्रो खरिदकर्ताले उक्त कार २०१२ मा पुनः बिक्री ग¥यो । त्यतिबेला पोस्र्च ९११ को मूल्य ८० हजार डलरमा खरिद गरिएको थियो ।
५. स्टिभ जब्स
एप्पल कम्पनीका सह–संस्थापक स्टीभ जब्स एप्पलकै कार उत्पादन गर्न चाहन्थे । २०२३ सम्ममा एप्पलले कार बजारमा ल्याइसक्ने योजना बनाएको छ । तर, २००० मा जब्सले टाइटानियम सिल्भर बीएमडब्लू जेड–८ खरिद गरे । उनले त्यो कार एक लाख २८ हजार डलरमा खरिद गरेका थिए । जब्सको उक्त कार लिलामीमा तीन लाख २९ हजार पाँच सय डलरमा बिक्री भएको थियो ।


