होन्डाको दुःख नाभी, यस्तो छ ३० महिनाको बिक्री

होन्डाको नाभी भारतीय बजारमा केही चर्चित दुईपाङ्ग्रे सवारीमध्येमा पर्छ । मोटरसाइकल र स्कुटरको मिक्स भर्सन नाभी सार्वजनिक गर्दा निकै चर्चित हुने अनुमान गरिएको थियो । तर, नाभीले सोचेअनुरुप पफर्मेन्स दिन नसकेको कम्पनीले जनाएको छ । 

भारतमा नाभीको बिक्री एक लाख युनिट कटेको छ । होन्डाले नाभी २०१६ को अटो एक्स्पोमा सार्वजनिक गरेको थियो । यही महिना होन्डा नाभीको बिक्री एक लाख कटेको हो । यो होन्डाले भारतमा बनाएको पहिलो पूर्ण इन्डिजेनियस सवारी हो । 

होन्डा नाभीको उत्पादन भारत स्टेज फोर नियमका कारण केही समय उत्पादन बन्द भएको थियो । यद्यपि, होन्डाले केही साताअघि होन्डा नाभी रि–लञ्च गरेको थियो, जसको मूल्य ४४ हजार सात सय ७५ भारतीय रुपैयाँ तोकिएको थियो । नयाँ नाभीमा बीएसफोर इञ्जिनका साथै दुई नयाँ रङ्गमा समेत उपलब्ध रहेको छ । होन्डाले भारतमा उत्पादन गरेको होन्डा नाभी कोस्टारिका र डोमिनिकन गणतन्त्रमा समेत बिक्री गर्ने तयारी गरेको छ । 

होन्डा नाभीमा एक सय नौ सीसीको इञ्जिन रहेको छ, जसले ८.९६ एनएम टर्क दिन्छ । हाल नाभी ६ रङ्गमा उपलब्ध रहेको छ ।


Back_to_top