टाटाको ईभी किन्नेलाई नविल बैंकको भन्दा सस्तो ब्याजमा एभरेष्टले कर्जा दिने

काठमाडौं । एभरेष्ट बैंक र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ बीच एक सम्झौंता भएको छ । आज भएको सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले कर्जा दिने छ ।

यसअघि नविल बैंकसँग सम्झौंता गरेको सिप्रदीले अर्को सम्झौंता एभेष्ट बैंकसँग गरेको हो । एभरेष्ट बैंकसँगको सम्झौता अनुसार नविल बैंकले भन्दा सस्तो ब्याजदरमा एभरेष्टले कर्जा उपलब्ध गराउने भएको छ ।

टाटाले विक्री गर्ने विद्युतीय गाडीमा नविल र एभरेष्ट बैंकले ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छन् । अहिले टाटाले विक्री गर्दै आएको नेक्सन ईभी र टिगोर ईभीमा ७ वर्षसम्मको लागि कर्जा प्रदान गर्ने छन् । एभरेष्ट बैंकले १२.८ प्रतिशत ब्याजदरमा टाटाका गाडीलाई कर्जा दिनेछ । त्यहि नविल बैंकले १२.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने सम्झौंता गरेको थियो ।

टाटाले विक्री गर्दै आएको नेक्सन ईभी अहिले नेपालमा सर्वाधिक विक्री हुने इलेक्ट्रीक एसयूभी हो । साथै, टाटा टिगोर कप्याक्ट सेडान कार हो । यसको पनि राम्रो विक्री भइरहेको छ । टाटाले चाँडै ह्याचव्याक टियागो ईभी पनि बजारमा ल्याउने गरी तयारी गरिरहेको छ ।


Back_to_top