महंगो भयो बजाजका मोटरसाइकल, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं । बजाजले नेपालमा विक्री गर्दै आएको अधिकांश मोडलको मूल्य वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले बढाएको मूल्यसूची सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेको नयाँ मूल्यसूचीका अनुसार १४ मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ । त्यसमा मोडल अनुसार कम्पनीले २ हजार रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धि भएका मोडलमा प्लाटीना, डिस्कभर, पल्सर १२५, पल्सर १५०, पल्सर एनएस १६०, पल्सर २०० एफ, एनएस २००, पल्सर २५० एन, एभेन्जर १६०, एभेन्जर २२०, डोमिनार २५० र डोमिनर ४०० रहेका छन् ।

कम्पनीले मंसिर १५ गतेदेखि नै लागू हुने गरेर नयाँ मूल्यसूची सार्वजनिक गरेको हो ।


Back_to_top