आयो प्योर ईभीको अर्को मोटरसाइकल, रेन्ज १३५ किलोमिटर

काठमाडौं । भारतीय इलेक्ट्रीक दुई पाङ्ग्रे उत्पादक प्योर ईभीले नयाँ इलेक्ट्रीक मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक कम्युटर मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले ‘इकोड्राइफ्ट’ नामबाट ल्याएको यो मोटरसाइकल सन् २०२३ जनवरीबाट विक्री सुरु गर्ने जनाएको छ । प्योर ईभी इकोड्राइफ्टमा ३.० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ ।

ब्याट्री साइजको विषयमा जानकारी बाहिर आएपनि मोटर साइजको विषयमा कम्पनीले कुन जानकारी दिएको छैन । यसको विस्तृत जानकारी कम्पनीले अटो एक्स्पो २०२३ दिने योजना बनाएको छ ।

यसमा दिइएको ब्याट्रीलाई फुल चार्ज गरेपछि १३५ किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । मोटरसाइकलको टप स्पीड ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । मोटरसाइकलको फ्रन्टमा डिस्क ब्रेक र रियरमा ड्रम ब्रेक देखिन्छ । आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक र रियरमा ट्वीन शक एब्जर्भर सस्पेन्स पाउन सकिन्छ ।

यसको मूल्य तथा अन्य जानकारिको लागि भने अटो एक्स्पो २०२३ सम्म कुर्नु पर्ने हुन्छ । प्योर ईभीको उत्पादन नेपाली बजारमा विक्री वितरण हुँदै आएको छ ।

अहिले नेपालमा प्योर ईभीको इट्राइस इलेक्ट्रीक मोटरसाइकल खरिद गर्न सकिन्छ । भारतमा विक्री सुरु भएसँगै इकोड्राइफ्ट मोडल पनि नेपालमा विक्री हुने अपेक्षा गर्न सकिन्छ ।


Back_to_top