सदाबहार प्रतिस्पर्धी यी ४ कार, अटो शोमा कसले के अफर ल्याउला ?

काठमाडौं । नाडा अटो शो २०१८ आउन अब १४ दिन मात्र बाँकी रहेको छ । भदौ २६ गतेबाट काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने अटो शोमा ग्राहक लोभ्याउने अफर ल्याउने तयारी सुरु गरेका छन् । सबैले यसपटकको अटो शोको लागि कस्तो अफर ल्याउने भन्ने बिषयमा अन्तिम तयारी गरिरहेको बुझिएको छ तर, टुङ्गीएको छैन ।  

बिशेष गरेर १२ सय सीसी सेग्मेन्टमा हुन्डाई, मारुती सुजुकी, फोर्ड र टाटाबीच कडा प्रतिस्पर्धा हुने अनुमान लगाउन सकिन्छ । यी कम्पनीले विगतदेखि बिक्री गर्दै आएका ४ कारको सूची यस्तो छ ।

मारुती स्विफ्ट

नेपालका लागि सुजुकीकाको आधिकारिक बिक्रेता सिजी मोटो कर्पले नाडा अटो शोमा केही महिना अगाडि नेपाली बजारमा सार्वजनिक गरेको तेस्रो जेनेरेशन स्विफ्ट कारलाई नै प्राथमिकता दिने भएको छ । 

यसमा २ के सिरिजको फोर सिलिन्डर डिओएचसी १.३ मल्टिजेट डिजेल इन्जिन लगाइएको छ । ११९७ सीसी क्षमताको इन्जिनले ६ हजार आपरपीएममा ८२ बीएचपी पावर र ४२०० आरपीएमले ११३ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड म्यानुअल ट्रान्समिसन दिईएको छ । 

बजारमा सुजुकीको भिएक्स आईको मुल्य २९ लाख ४९ हजार रहेको छ भने, स्विफ्ट जेडएक्सआईको मुल्य ३२ लाख ४९ हजार रहेको छ ।

हुन्डाई ग्रान्ड आई–१०


कोरियन कार निर्माता कम्पनी हुन्डाईको लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा २०१८ मा ग्रान्ड आई–१०लाई विशेष प्राथमिकतामा राखेर बिक्री गर्ने छ ।  

यसमा १.२ लिटर कापा इञ्जिन लगाइएको छ, जसले ८१ बीएचपी पावरका साथै ११४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । डिजेल भर्जनअन्तर्गत १.२ लिटरको तीन सिलिन्डर इञ्जिन लगाइएको छ । यसले ७४ बीएचपी पावरकासाथै एक सय ९० न्यूटन टर्क उत्पादन गर्छ । दुबै भर्जनमा पाँच स्पीड म्यानूअल गियरबक्स दिइएको छ । पेट्रोल भर्जनमा चार स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ । नेपाली बजारमा यसको मुल्य २७ लाख ९६ हजारदेखि ३३ लाख ९६ हजारसम्म रहेको छ ।

टाटा टियागो 


नेपालका लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ लिमिटेडले बिक्री वितरण गर्दै आएको ‘टियागो’ नेपाली बाटो राम्रो उपस्थिति रहेको कार हो । 

पेट्रोल इन्जिनयुक्त टियागो विभिन्न ६ वटा आकर्षक रंगमा उपलब्ध रहेको छ।

आकर्षक बडी वीथ सार्प लाइन, क्रोम ह्यान्डल, निटेड फ्याब्रिक, कलर हार्मोनी, ड्युल टोन इन्टेरियरसहित लेर्यड डिजाइन थिम, कस्टुमाइजेवल एयर भेन्टस्जस्ता विशेषताले यस गाडीलाई अत्याधुनिक बनाएको कम्पनीको भनाइ छ।

टियागो ११९९ सिसी पेट्रोल इन्जिनमा उपलब्ध छ। यसले ८४ बीएचपी पावर उत्पादन गर्छ । टाटा टियागोको नेपाली बजारमा सुरुवाति मूल्य २४ लाख ५५ हजारदेखि ३१ लाख ५५ हजार रुपैयाँसम्म रहेको छ । 

फोर्ड फिगो

नेपालको लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जियो अटोमोबाइल्सले नाडा अटो शोमा फिगोलाई नै इन्ट्री लेवल कारको रुपमा बिक्री वितरण गर्ने छ । फिगो डिजेल र पेट्रोल दुबै भर्सनमा उपलब्ध छ । 

फिगोको मूल्य नेपाली बजारमा २६ लाख ९९ हजारदेिख ३५ लाख ९९ हजार रूपैयाँसम्म रहेकाे छ । यसमा उपलब्ध इन्जिनले ६३०० आरपिएममा ११० बीएचपी पावर र ४२५० आरपिएममा १३६ एनएम टर्क उत्पादन गर्छ । यसमा ५ स्पिड गियरबक्स दिईएको छ । यसमा स्टान्र्डर्ड वेनीटी मिरर, ट्रंक लाइट, हैड लाइट सेंसर्स, सेन्ट्रल लकिंग चाइल्ड सेफ्टी लक, ड्राइभर एयरब्याग लगायतका विशेषता उपलब्ध छ ।


Back_to_top