टीभीएस बाइकिङ फेस्टिभल ‘मोटोशोल २०२३’ आयोजना हुने

काठमाडौं । टीभीएसको मोटरसाइकल फेस्टिभल ‘मोटोशोल’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । टीभीएस मोटर्सले २०२३ मार्चमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

टीभीएसको दुई दिने यो फेस्टिभलको दोस्रो संस्करण मार्च ३ र ४ मा गोवास्थित हिलटप भागेटोरमा आयोजना गर्ने भएको हो । टीभीएस मोटोशोल २०१९ मा यही स्थानमा आयोजना भएको थियो ।

कम्पनीका अनुसार दुई दिन हुने यो फेस्टिभल २०१९ कोभन्दा भव्य हुनेछ । मोटोशोल २०२३ मा विभिन्न मोटरसाइकलक स्पोर्टस गेमहरू खेलाइने छ । २०१९ मा जस्तै अवरोध रेस, स्टन्ट, मोटो क्रस फिट, डर्ट रेस, स्लो राइड जस्ता विधामा प्रतिस्पर्धा गराइनेछ । त्यस्तै, यसपटक पनि विभिन्न भारतीय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको उपस्थिति हुनेछ ।

मोटोशोल २०२३ मा बाइकिङ जगतका हस्तीहरूबाट विभिन्न ज्ञान तथा प्रेरणा लिन सकिने टेक टक कार्यक्रमको आयोजना हुने बताइएको छ । यो फेस्टिभलमा कला र संस्कृतिलाई समेट्दै लाइभ क्यान्भास चित्रकला गराइनेछ भने, टीभीएसका विभिन्न मोटरसाइकलसँग ३६० डिग्री फोटो खिच्न सकिने छ ।

मोटोशोललाई अझै रोमान्चक बनाउन चर्चित डिजे तथा गायकहरूले आफ्नो कला प्रदर्शन गर्नेछन् । टीभीएस मोटर्स उक्त मोटरसाइकल फेस्टिभलमा नयाँ मोटरसाइकल समेत प्रर्दशनी गर्ने जनाएको छ । २०१९ मोटोशोलमा टीभीएस एनटर्क १२५ को रेश एडिशन सार्वजनिक गरिएको थियो ।

मोटोशोल २०२३ मा सहभागी हुन चाहने मोटरसाइकलका पारखीहरूले अनलाइन रजिष्ट्रेशन गर्नुपर्ने हुन्छ । १ हजार ७०० भारतीय रुपैयाँ तिरेर मोटाशोल २०२३ मा सहभागी हुन सकिन्छ ।


Back_to_top