काठमाडौं । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्बा मोटर्सले बिर्तामोडमा एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।
गत पौष ९ गते शनिबार बिर्तामोड शोरुमबाट सताशीधामसम्म आयोजना भएको उक्त राइडमा सहभागिहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो । साथै सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै, उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
टीभीएसले सातै प्रदेशमा यस्ता राइड कार्यक्रमहरु आयोजना गर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई रिफ्रेशमेन्टका साथै सुरक्षा सम्बन्धि जानकारी प्रदान गर्ने उद्धेश्यले यस्ता कार्यकमको आयोजना गर्दै आएको कम्पनीले जनाएको छ ।


